इजरायलसँग १२ दिन लामो झडपपछि युद्धविराम लागु भएपछि इरानले आजदेखि आन्तरिक आकाश आंशिक रूपमा अन्तर्राष्ट्रिय उडानका लागि पुनः खोलेको छ।
अब केही अन्तर्राष्ट्रिय विमान इरानी आकाश प्रयोग गर्न थालेको सिएनएनले जनाएको छ ।
यसबीच, तेहरानको केन्द्रस्थित ‘क्रान्ति चोक’ मा हजारौं मानिसको भीड देखिएको छ, जसले इरानी सशस्त्र बलप्रति समर्थन र सम्मान प्रकट गरिरहेको इरानी सरकारी तथा सरकार-निकट समाचार निकायहरुले विवरण दिएका छन्।
पत्रपत्रिकाका अनुसार प्रदर्शनकारीहरूले इरानी सेनाको “इजरायल र अमेरिकाको आक्रमणविरुद्धको कडा जवाफ” को प्रशंसा गर्दै अन्तिमसम्म सेनाको साथ दिने शपथ खाएका छन्।
श्रव्यदृश्य(भिडियो)हरुमा मानिसहरूले इरानी झण्डा र सर्वोच्च नेता अयातोल्ला अली खामेनीको तस्विरहरु बोकेर देशप्रेमपूर्ण नाराहरू लगाएको देखिन्छ।
यो भेला सरकारी योजनामा गरिएको हो वा स्वतःस्फूर्त रूपमा आयोजना भएको भन्ने कुरा स्पष्ट नभएको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया