एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए) का पूर्व अध्यक्ष एवं संस्थापक संरक्षक डा. कुन्जरमणि शर्माको निधन भएको छ । गत बिहिबार जुन १९, २०२५ मा भएको डा शर्माको असामयिक निधन भएको जानकारी एएनएका वर्तमान अध्यक्ष खगेन्द्र अधिकारीद्वारा आधिकारिक रुपमा छापा बिज्ञप्तिमा मार्फत निधन भएको बारेमा जानकारी गराईएको हो ।
एएनएको बिज्ञप्तिमा डा स्व शर्मा सालिन, मनका धनी, सहयोगी अग्रज व्यक्तित्व साथै “एएनए” का लागि अग्रणी धरोहर रहेको उल्लेख गरिएको छ । साथै बिज्ञप्तिमा असामयिक निधनको दुःखद् समाचारले सम्पूर्णलाई अत्यन्त मर्माहत, स्तब्ध र शोकाकुल बनाएको अध्यक्ष अधिकारीले समवेदना प्रकाशित गरेका छन् ।
अध्यक्ष अधिकारी व्यक्तिगत तथा संस्थाको तर्फबाट दिवंगत आत्मा प्रति चिरशान्तिको कामना एवं भावपूर्ण श्रद्धांजली अर्पण गर्दै समस्त शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
जारी गरिएको बिज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै :
इनेप्लिज परिवारको तर्फबाट पनि हार्दिक समवेदना व्यक्त गर्दछ ।
प्रतिक्रिया