शक्तिशाली विरोध प्रदर्शन: इजरायलको आक्रमणविरुद्ध इरानमा जनसागर उर्लियो

इनेप्लिज २०८२ असार ६ गते ११:५९ मा प्रकाशित

इजरायलद्वारा इरानका विभिन्न शहरहरूमा हालै गरिएका आक्रमणको विरोधमा हजारौं इरानीहरू सडकमा उत्रिएका छन्। 

शुक्रबारको नमाजपछि तेहरानका मुख्य चोकहरूमा ठूलो संख्यामा मानिसहरू भेला भएर इजरायलविरुद्ध चर्को नाराबाजी गरेका छन्।

इरानी सरकारी दूरदर्शन( टेलिभिजन)ले राजधानी तेहरानका सडकहरूमा विशाल जनसमूह हिँडिरहेका तस्बिरहरू देखाएको छ। 

प्रदर्शनकारीहरूले इजरायलसँगको द्वन्द्वमा मारिएका इरानी सेनापतीहरुका तस्बिर बोकेका थिए। कतिपयले इरानका प्रमुख क्षेत्रीय सहयोगी मानिने लेबनानको हेजबुल्लाहका लडाकु समूहको झण्डा पनि फहराएका थिए।

इरानको अर्ध-सरकारी तस्निम समाचार निकायले सार्वजनिक गरेको श्रव्यदृश्य( भिडियो ।प्रदर्शनकारीहरूले इजरायल र बेलायत विरोधी नारा लगाएको देखिन्छ। 

यो विरोध प्रदर्शनले इरानी जनतामा इजरायलको पछिल्लो आक्रामक कार्यप्रति तीव्र आक्रोश र असन्तुष्टि रहेको स्पष्ट पारेको छ। 

यो विरोध प्रदर्शनले क्षेत्रीय तनावलाई थप बढाएको छ र अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ।

प्रतिक्रिया