इरानका विदेशमन्त्री अब्बास अराक्चीले इजरायलले आफ्नो सैन्य हमला जारी राखेसम्म अमेरिका र इरानको आणविक कार्यक्रमबारे कुनै वार्ता नहुने स्पष्ट पारेका छन्।
सरकारी प्रसारक आइआरआइबिद्वारा प्रकाशित गरिएको एक अन्तर्वार्तामा अराक्चीले भने, “अमेरिकीहरूले गम्भीर वार्ताका लागि गम्भीर सन्देशहरू पठाएका छन्। तर हामीसँग अमेरिकासँग कुरा गर्ने कुनै शब्द छैन।” उनले अगाडी भने ,अमेरिका इजरायलको इरानविरुद्धको “अपराध” र “आक्रामकता” को एक हिस्सा हो।
बीबीसीसँगको छुट्टै अन्तर्वार्तामा इरानका उप-विदेशमन्त्री सइद खातिबजादेले अमेरिका इजरायलको इस्लामिक गणतन्त्रमाथिको हमलामा सामेल भएमा “पूरै क्षेत्रका लागि नर्क” हुने चेतावनी दिए।
“यो युद्ध अमेरिकाको युद्ध होइन,” खातिबजादेले बिबिसीलाई भने। “तर यदि उनीहरू यस युद्धमा सामेल हुन चाहन्छन् भने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको युद्ध नभएको युद्धका लागि सधैं सम्झिनेछ।”
यसैबीच चीनले इजरायलबाट करिब ३०० नागरिकलाई जोर्डन र इजिप्टसँगको भूमि सीमानाकाबाट उद्धार गरेको इजरायलस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै बताएको छ।
चीनका विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले आज बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा मध्यपूर्वमा सकेसम्म चाँडो शान्ति र स्थिरता पुनर्स्थापना गर्न चीन “रचनात्मक भूमिका खेल्न इच्छुक” रहेको पनि बताएका छन्।
प्रतिक्रिया