इजरायलको सेनाले शुक्रबार राति इरानका दर्जनौं सैन्य निशानाहरूमा हमला गरेको घोषणा गरेको छ । आक्रमणमा क्षेप्यास्त्र उत्पादन केन्द्रहरू र राजधानी तेहरानमा रहेको एउटा आणविक अनुसन्धान सुविधा पनि परेको छ ।
इजरायल रक्षा बलले इरानको तेहरान क्षेत्रमा रहेका धेरै क्षेप्यास्त्र उत्पादन औद्योगिक स्थलहरूमा आक्रमण गरिएको बताएको छ। आइडिएफले क्षेप्यास्त्रका पार्टपुर्जा र क्षेप्यास्त्र यन्त्र उत्पादन गर्ने स्थलहरूमा हमला गरेको जानकारी दिएको छ।
यी स्थलहरू वर्षौं लगाएर बनाइएका थिए र यी इरानको रक्षा मन्त्रालयको औद्योगिक केन्द्र थिए। यस हमलामा ६० भन्दा बढी वायुसेनाका लडाकु विमानहरू संलग्न रहेको आइडिएफले बताएको छ।
प्रतिक्रिया