इरानको बुशेहर परमाणु विद्युत् केन्द्रमा काम गरिरहेका २०० भन्दा बढी रुसी इन्जिनियर(अभियन्ता )हरूको सुरक्षा इजरायलले सुनिश्चितता दिने सहमति जनाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार राति पत्रकारहरूलाई उनले यो कुरा सेन्ट पिटर्सबर्गमा भइरहेको एक आर्थिक सम्मेलनको छेउमा पत्रकारहरूसँग बताएका हुन्।
पुटिनले भने, “हाम्रा विशेषज्ञहरू त्यहाँ कार्यरत छन्, हामी २०० भन्दा बढी मानिसहरूको कुरा गरिरहेका छौँ,” । उनले बुशेहर कारखानामा इरानलाई दुई नयाँ रियाक्टर (परमाणु भट्टी)निर्माणमा सहयोग गरिरहेका रुसी अभियन्ता (इन्जिनियर)हरूबारे उल्लेख गरे।
पुटिनले थपे, “हामी इजरायली नेतृत्वसँग उनीहरूको सुरक्षा सुनिश्चित गरिनेछ भन्ने सहमतिमा पुगेका छौँ।” पुटिनले इरानको “शान्तिपूर्ण” आणविक गतिविधि र इजरायलको सुरक्षा कायम राख्दै इरान र इजरायलबीचको शत्रुता अन्त्य गर्ने उपायहरू खोज्न अन्तर्राष्ट्रिय समुदायलाई पनि आह्वान गरे।
पुटिनले भने, “हाम्रो विशेषज्ञहरू मैदानमा छन्, र हामीले इजरायली नेतृत्वसँग उनीहरूको सुरक्षा सुनिश्चित गर्ने सहमति गरेका छौं।”
पुटिनले इरान र इजरायल बीच बढ्दो तनावको सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षबीचको द्वन्द्व अन्त्य गर्ने उपाय खोज्नुपर्नेकुरामा पनि जोड दिएका छन्। उनले भने कि इरानको शान्तिपूर्ण परमाणु कार्यक्रमलाई निरन्तरता दिँदै इजरायलको सुरक्षा पनि कायम गर्न सकिन्छ।
प्रतिक्रिया