ईरानको विपक्षी समूहहरूको गठबन्धन नेशनल काउन्सिल अफ रेसिस्टेन्स अफ ईरान की निर्वाचित राष्ट्रपति मरियम रजवीले बुधबार युरोपेली सांसदहरूलाई सम्बोधन गर्दै भनिन्— “ईरानको जनताले र संगठित प्रतिरोधकर्ताहरूले नै सत्ता परिवर्तन गरिनु नै क्षेत्रीय शान्तिको एकमात्र उपाय हो।”
उनको भनाइमा इजरायलको शुक्रबारको आश्चर्यजनक आक्रमण ईरानको आन्तरिक संकट र सम्पूर्ण क्षेत्रीय सन्तुलनको एउटा नयाँ निर्णायक अध्यायको सुरुवात हो।
एविसीन्यूजका अनुसार रजवीले हालका दिनहरूमा इरानी शासकविरुद्ध आवाज उठाउँदै आएका विपक्षी नेता रेजा पहलवी (१९७९ मा अपदस्थ राजा मोहम्मद रेजा पहलवीका छोरा) को नेतृत्वमा जुटिरहेका केही ईरानी राजतन्त्रवादीहरूलाई पनि अप्रत्यक्ष आलोचना गरिन्।
उनले भनिन्, वैकल्पिक शासन प्रणाली माथिबाट थोपर्न सकिँदैन—जसरी एक शताब्दीअघि बेलायतले राजा नियुक्त गरेर शासन स्थापना गर्यो।
रजवीको सन्देशले ईरानको मुक्ति बाहिरी हस्तक्षेपबाट होइन, भित्री जनआन्दोलन र राजनीतिक सचेत प्रतिरोधमार्फत मात्र सम्भव रहेको सॅकेत गरिन ।
प्रतिक्रिया