एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको परालैगिक(ट्रान्सजेन्डर ) र ननबाइनरी (“द्वैधी लिङ्गमा नअट्ने व्यक्ति)अमेरिकीहरूमाथि पार्ने राहदानी नीति परिवर्तनको प्रयासमा रोक लगाउने निर्णयलाई थप विस्तारित गरेकी छन्।
जनवरीमा हस्ताक्षर गरिएको कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले “लैंगिकता” को सट्टा “जन्मका आधारमा निर्धारित लिङ्ग” को संकुचित परिभाषा प्रयोग गरेका थिए। उक्त आदेशमा व्यक्तिलाई केवल पुरुष वा महिला भनेर सीमित गरिएको छ र जन्ममा तोकिएको लिङ्गबाट फरक लिङ्गमा रूपान्तरण सम्भव छैन भन्ने मान्यता व्यक्त गरिएको छ।
तर, अमेरिकी जिल्ला न्यायाधीश जुलिया कोबिकले मंगलबार दिएको निर्णयले यो आदेशबाट प्रभावित परालैगिक( ट्रान्सजेन्डर ) र ननबाइनरी (“द्वैधी लिङ्गमा नअट्ने )व्यक्तिहरूलाई राहत दिएको छ।
अब यो रोक ती व्यक्तिहरूमा पनि लागू हुने भएको छ जसले आफूलाई जन्ममा तोकिएको पुरुष/महिला भनेर होइन, फरक लिङ्ग पहिचान (जस्तै एक्स(xचिन्ह) सहितको राहदानी चाहेका छन्।
यो निर्णय ट्रम्प प्रशासनको कडाइपूर्ण नीति विरुद्ध लैंगिक विविधता पहिचानका पक्षमा महत्वपूर्ण कानुनी विजय मानिएको छ।
प्रतिक्रिया