इरानी सरकारी दूरदर्शन(राज्य टेलिभिजन) आईआरआइएनएन(IRINN )ले इजरायलले आक्रमण भएको दाबी गरेको छ।
सोमबार राजधानी तेहरानमा रहेको मुख्यालयमा विस्फोट हुँदा भवनमा आगलागी भएको छ।
घटनाको बेला समाचार वाचिका सहार एमामी प्रत्यक्ष प्रसारणमै थिइन्। त्यसैबेलामा ठूलो आवाजका साथ बिस्फोट सुन्नियो र स्समाचारमा कक्षमा धुलो तथा टुक्रा खसे। केही समयको अन्तरालपछि अर्को समाचार कक्षबाट प्रसारण पुनः सुरु गरियो।
घटनापछि सार्वजनिक गरिएका तस्बिरहरूमा रहेको सिसाको भवनमा आगो लागेको देखिन्छ। भवनको बाहिरी भाग पूर्णरूपमा क्षतिग्रस्त देखिएको छ। यो भवन तेहरानको जिल्ला ३ मा रहेको एक विशाल सञ्चार परिसरको केन्द्रमा रहेको छ, जहाँ अन्य रेडियो र दूरदर्शन(टेलिभिजन च्यानल) पनि सञ्चालनमा छन्।
आइआरआइएनएन इरानी इस्लामिक गणतन्त्र अन्तर्गतको हिस्सा हो, जुन इरानको सर्वोच्च नेता द्वारा नियन्त्रित राष्ट्रव्यापी प्रसारक हो। यस संस्थामा कार्यरत पत्रकार र कर्मचारीहरू कठोर छानबिनपछि मात्रै नियुक्त गरिन्छन्।
इजरायली रक्षा मन्त्रीले यसभन्दा अघि नै तेहरानको उक्त क्षेत्रमा आक्रमणको संकेत दिएका थिए। उनले भनेका थिए, “इरानी प्रचार र उत्तेजनाको मुखपत्र अब अन्त्यतिर जाँदैछ।” इजरायलले आक्रमण अघि नै क्षेत्र खाली गर्न चेतावनी पनि दिएको थियो।
यो घटना इरान-इजरायल तनावको झनै गम्भीर चरणतर्फको सङ्केत हो।
प्रतिक्रिया