इजरायली सेनाले इरानको राजधानी तेहरानको केही भागमा बसोबास गर्ने नागरिकहरूलाई तुरुन्तै क्षेत्र खाली गर्न चेतावनी दिएको छ।
सोमबार इजरायलले तेहरानस्थित सैन्य स्थानहरूमा आक्रमण गर्ने योजना बनाएको घोषणा गरेको थियो। यसअघि पनि इजरायली सेनाले गाजा र लेबननमा आक्रमण अघि नागरिकहरूलाई त्यहाँबाट हट्न यस्तै चेतावनी दिँदै आएको छ।
यसबीच, इरानले ओमान र कतारमार्फत अमेरिका समक्ष स्पष्ट सन्देश पठाएको छ ।
जबसम्म इजरायली आक्रमणबाट इरानी शहरहरू आक्रान्त भइरहन्छन् तव सम्म कुनै वार्ता नहुने बताएको छ ।
एक क्षेत्रीय कूटनीतिज्ञले सिएनएनलाई भनेअनुसार इरानले युद्धविरामका लागि अमेरिका र इजरायलबीच वार्ता गराउन ओमान र कतारलाई अनुरोध गरेको भन्ने समाचारहरू “गलत” हुन्।
सोमबार इजरायली आक्रमणका क्रममा इरानको पश्चिमी सहर केर्मानशाहस्थित फाराबी अस्पताल क्षतिग्रस्त भएको इरानी राज्य सञ्चारमाध्यमहरूले जनाएका छन्।
सिएनएनले उक्त अस्पतालमा क्षतिको पुष्टि पनि गरेको छ।
प्रतिक्रिया