इरानी हमलाको ‘खुसियाली’ मनाउने प्यालेस्टिनी कैदीमाथि इजरायलको कडा कारबाही: जेलका कोठाहरूमा छापा

इनेप्लिज २०८२ असार २ गते ११:५८ मा प्रकाशित

सिएनएनका अनुसार इजरायलले आफ्ना कारागारका कक्षहरूमा छापा मारेको बताएको छ । इरानले इजरायलमा गरेको हवाई हमलाको क्रममा कैदीहरूले “खुसियालीको अभिव्यक्ति” दिएको सुने पछि छापा मारेका हुन् ।

इजरायलको कारागार सेवाले आइतबार भन्यो, “हालैको लडाइँको क्रममा, मध्य इजरायलको एउटा कारागारमा रहेका प्यालेस्टिनी क्षेत्रका आपराधिक कैदीहरूबाट खुसियालीका आवाजहरू सुनिएका थिए।”

कारागार सेवाको कुलीन “मेटजाडा” इकाइलाई कक्षहरूमा छापा मार्न र संलग्न व्यक्तिहरूलाई हटाउन बोलाइएको थियो। यो कारबाही राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्विरको इजरायलका शत्रुहरूलाई समर्थन गर्ने कार्यमा “शून्य सहनशीलता” नीतिको अंशका रूपमा गरिएको बताइएको छ।

कारागार सेवाले साझा गरेको एउटा श्रब्यदृश्य (भिडियो)मा, सशस्त्र सेनाहरू कारागारमा प्रवेश गरेको, कैदीहरूलाई उनीहरूको कोठाको भुइँमा लुकेको बेला बन्दुक तेर्स्याएको देखिन्छ। एक जना मानिसलाई घोप्टो परेको अवस्थामा एक अधिकारीले हात बाँधिरहेको देखिएको छ । अर्को मानिसको आँखामा पट्टी बाँधिएको थियो। त्यसपछि धेरै मानिसहरूलाई उनीहरूको कोठाबाट बाहिर निकालिएको र झुकेको अवस्थामा र हात पछाडि बाँधिएको थियो।

कारागार सेवाले कैदीहरूलाई अनुशासन न्यायाधिकरणमा पेश गरिएको र “पछि अनुशासित” गरिएको बताएको छ ।

प्रतिक्रिया