अमेरिकामा स्थापित र मातृभूमिलाई स्थापना काल देखि सहयोग गर्दै आएको अमेरिका नेपाल मेडिकल फाउन्डेसन(एएनएमएफ)को २९ औ साधारण सभा भव्यताको साथ सम्पन्न भएको छ । नेपालको स्वास्थ्य क्षेत्र मुख्य बाल स्वास्थ्य क्षेत्र लगायतको सहयोगार्थ १ लाख ६० हजार डलर सङ्कलन गरेको छ ।
जुन १३ शुक्रबार देखि जुन १५ सम्म आइतबार सम्म चलेको २९ औ साधारण सभा बिहान सम्पन्न भएको छ । ३ दिन सम्म चलेको उक्त सम्मेलन अन्तर्गत गत जुन १४ शनिबारका दिन मुख्य र महत्वपूर्ण रहेको थियो ।
गत शनिबारका दिन साधारण सभा,बिभिन्न बैज्ञानिक प्रस्तुति ,युवा मंच ,सांगीतिक साँझ तथा विविध कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा चिकित्सक भगवान कोइराला ,मेरिल्याण्डका सांसद ह्यारी भण्डारी(विद्या वारिधि) लगायतले बोलेका थिए ।
शनिबार साँझ आयोजना गरिएको बृहत रात्री भोज अर्थात् गाला नाइटमा १ लाख ६० हजार डलर भन्दा ज्यादा सङ्कलन गरिएको हो । यो रकम वृद्धि हुने क्रम अझ जारी रहेको छ ।
२९ औ साधारण सभाले वर्तमान अध्यक्ष चिकित्सक बिष्णु सापकोटा पुन: निर्वाचित गरेको छ । उनि सर्वसम्मतले यो बर्षको लागि पनि निर्वाचित भएका हुन् । यसैगरि उनि लगायत अन्य पदमा पुरानै समितीका सदस्यहरु पनि निर्वाचित भएका छन भने केहीले निरन्तरता नदिने भएका छन्।
यसै गरि उपाध्यक्षमा चिकित्सक नारायण न्यौपाने, महासचिवमा नविन कैनी, सहसचिवमा चिकित्सक बिकाश भट्टराई तथा कोषाघ्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित भएका छन् । २९ औ सम्मेलनको पहिलो दिन शुक्रवार बिहान देखि ५ किमी दौड तथा पैदल यात्रा, मैत्रीपूर्ण भकुन्डो तथा गल्फ प्रतियोगिताको आयोजना गरियो ।
गत शनिवारका दिन बिहानै ८ बजे देखि साधारण सभा सुरु भएको थियो भनेर कार्यक्रमको उदघाटन नेपाली दूतावासका आर्थिक सल्लाहकार यूगराज पान्डेले पानसमा बत्ती बाली सभाको उदघाटन गरेका थिए । उक्त कार्यक्रममा उनले मन्तब्य पनि राखेका थिए ।
उठेको १ लाख ६० हजार डलर मध्ये नेपालमा वरिष्ठ चिकित्सक भगवान कोइरालाको नेतृत्वमा रहेको बाल हेरचाह सँस्था एनआईसिओको आईसियु(सघन कक्ष अर्थात् केआईओसिएच (किओच)को लागि ९६ हजार डलरको सहयोग गर्ने प्रतिबद्धता गरे अनुसार रकम संकलन भएको छ ।
एएनएमएफले स्थापना काल देखि ३०० वटा परियोजनामा काम गरि सकेको छ । साधारण सभामा कोषाध्यक्ष तथा महासचिवको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । यो कार्यक्रमको लागि नेपालबाट वरिष्ठ चिकित्सक भगवान कोईराला ,कर्णालीबाट कर्णाली बल्ड बैंक ,पूर्व उपकुलपति तथा चिकित्सक मंगल रावल ,नेपाल चिकित्सक संघका अध्यक्ष अनिल बिक्रम कार्की लगायतको सहभागिता रहेको थियो ।
गत शनिबार सभाका लागि अहोरात्र खट्ने सदस्यहरु मध्ये आयोजक समितिका चिकित्सक दिनेश सुबेदीलाई सम्मान गरियो । शनिबार बिहान देखि ३ चरणमा बैज्ञानिक,प्रविधि,स्वास्थ्य सम्बन्धी समूह रुपमा फरक समयमा छलफल,बहस र अन्तरक्रिया गरिएको थियो ।
बृहत रात्री भोज अर्थात् गाला दिनर पश्च्यात वरिष्ठ गायक रबिन शर्मा तथा डिसी क्षेत्रको स्थानीय सङ्गीत मण्डल(ब्याण्ड)मन्त्र मोक्षको प्रस्तुति रहेको थियो । बृहत रात्री भोज तथा कोष संकलन कार्यक्रमको लागि चिकित्सकहरु क्रमस रामु खरेल,प्रज्ञा धौभडेल ,साम थापा ,किरण सापकोटा लगायतले कार्यक्रम संचालन गरेका थिए ।
प्रतिक्रिया