राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बिहान आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत इरानमाथि भएको आक्रमणमा अमेरिका संलग्न नभएको स्पष्ट पारे ।
तर उनले तेहरानलाई कडा चेतावनी पनि दिए । “यदि इरानले कुनै पनि स्वरूपमा अमेरिकामाथि हमला गर्यो भने अमेरिकी सैन्य शक्तिको यस्तो स्तर देखिनेछ जुन इतिहासमै कहिल्यै देखिएको छैन।”
ट्रम्पले हालैको इजरायल-इरान तनावबीच आफूले शान्तिको मार्ग खुला राख्न खोजेको दाबी गरे। “हामी सजिलैसँग इरान र इजरायलबीच सम्झौता गराउन सक्छौं र यो रगतपात अन्त्य गर्न सक्छौं,” उनले भने।
आणविक सम्झौतामा सहमति नभएमा परिणामको सामना गर्नुपर्ने चेतावनी सहित ट्रम्पले इरानका सर्वोच्च नेतालाई ६० दिनको समय सीमा दिएका थिए । । त्यस बेला उनले इजरायली प्रधानमन्त्री नेतन्याहुलाई इरानमाथि हमला नगर्न आग्रह गरेका थिए ।
राष्ट्रपति ट्रम्पले एकातिर अमेरिका युद्धको हिस्सा नभएको दाबी गरेता पनि अर्कोतिर इरानलाई स्पष्ट सन्देश दिएका छन् ।
प्रतिक्रिया