टोरोन्टो, टोरोन्टो बिस्वबिद्यालय धर्म अध्ययन बिभागको आयोजनामा ” नेवार बौद्ध धर्म र उनीहरुका छिमेकि” बिषयक दुइदिने अन्तरराष्ट्रिय गोष्ठी हालै सम्पन्न गरेको छ। बिभिन्न मुलुकका नेवार बौद्ध धर्म सम्बन्धि बिद्वानहरुको सहभागिता रहेको उक्त कार्यक्रमको शुरुमा सहभागि बिद्वानहरुलाई स्वागत गर्नु टोरोन्टो बिस्वबिद्यालय धर्म अध्ययन बिभागका प्रमुख प्रा.डा. क्रिस्टोफ एमरिकले नेवार समुदायले अभ्यास गदै आएको बौद्ध धर्मको परम्परा र सस्कृतिको प्रबर्द्दन र संरक्षण हेतु सो गोष्ठी आयोजना गरेको बताउनु भयो ।
गोष्ठीको पहिलो दिन लण्डन बिस्वबिद्यालयका प्रा. डा. रिचर्ड विदेशले जगज्योतिर मल्लको “क्रिमिकता र नेवाः समुदायको दाफा भजन” बारे र ओसाका बिस्वबिद्यालयका प्रा. डा. माकाटो किताडाले जगतप्रकाश मल्लको “स्वस्थानी एवम कुमार सम्भब गीत” सम्बन्धमा आआफ्ना अनुसन्धान बारे प्रस्तुत गरेका थिए भने लण्डन बिस्वबिद्यालयका डा. लिवेनले “नेपाल न्यायपाल बिधि” बारे र फेरफिल्ड बिस्वबिद्यालय अमेरिकाका प्रा. डा. साम ग्रिम्सले “स्वयम्भुमा रहेको प्रताप मल्लको शिलालेख”बारे आफ्नो पत्र प्रस्तुत गरेका थिए।
पहिलो दिनको अपरान्हपछिको सत्रमा वेस्ट बिस्वबिद्यालय अमेरिकाका प्रा. डा. मिरोज शाक्यले “मीनातिर्थक कथा”को पाण्डुलिपि बारे र स्वतन्त्र अनुसन्धान्कर्ता डा. जोएल तातेलमानले भद्रकल्पाबदानाको “राहुलपित्रबोधना-परिबर्ता” बिषयक आफ्नो पत्र प्रस्तुत गरेका थिए। त्यसपछि जापानको सुचीन बिस्वबिद्यालयका प्रा. डा. सुदन शाक्यले “अमृतानन्दको ब्याकरण एबम बसुन्धराबर्त”को पाण्डुलिपि सम्बन्धमा आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए भने गोष्ठीको पहिलो दिनको अन्तिम प्रस्तोता जर्मनीको रुपरेक्ट कार्ल बिस्वबिद्यालयका प्रा. डा. एस्ट्रिड जोट्टरले “नवरात्र हस्त पुस्पिका” बारे ब्याखान दिनु भएको थियो।
गोष्ठीको दोश्रोदिनको पहिलो सत्रमा अमेरिका स्थित हावर्ड बिस्वबिद्यालयका प्रा. डा. जिनाह किमले ” पंचरक्षा र प्रज्ञापारमिता पुष्पिका” बारेमा तथा जर्मनीको जुलिएस माक्समिलिएन बिस्वबिद्यालयका डा. क्यामिल्लो फर्मिगाटीले “सुधनकिन्नरिजातक” पाण्डुलिपिको चित्र तथा उद्दरण बारे प्र्स्तुति दिनु भएका थिए। त्यसैगरि मुसाहिनो बिस्वबिद्यालय जापानका प्रा. डा. अलेक्जेण्डर ओ नीलले “प्रज्ञापारमिता एकबिशन्ति स्तोत्र” बारे र माबुर्ग बिस्वबिद्यालय जर्मनीका प्रा. डा.फेलिक्स ओटरले नेवार बास्तुशास्त्रसंग सम्बन्धित रहेर अरु समुदायको बास्तुशास्त्रबारे आफ्नो पत्र प्रस्तुत गरेका थिए।
दोश्रो दिनको अन्तिम सत्रमा अमेरिकाको होलिक्रस कलेजका प्रा. डा. टेड लेविसले काठमाण्डौको “असनको नक्सा” बारेमा र टोरोन्टो बिस्वबिद्यालयका डा. अलाना से लेइताओले “इस्टर फ्राइडे र्याली”बारे प्रस्तुति दिनु भयो भने द नेदर्ल्याण्ड स्थित लीडेन बिस्वबिद्यालयका प्रा. डा. बालगोपाल श्रेष्ठले साँखु का “तुईसिं माक बैद्यको उपचार बिधि” बारे र आयरल्याण्ड को कर्क बिस्वबिद्यालयका प्रा. डा. मेरिलिन फ्रिसोनले दुर्गालाल श्रेष्ठले रचना गर्नु भएको लोकलय मालश्रीमा आधारित “वाउंगु लप्ते तुयु बजि हाकु मुस्या क्या मज्जा” गीत को भिडियो प्रदर्सन सहित यस्का बिबिध पक्ष बारेको अनुसन्धान पत्र प्रस्तुत गरेका थिए।
कार्यक्रमको अन्त्यमा क्य्यानेडियन नेवाः गुठि का अध्यक्ष उत्तम माकःजुले नेवार साहित्य, सस्कृति, भाषा, परम्पराको प्रबर्द्दनको साथै टोरोन्टो बिस्वबिद्यालयलाई यसको केन्द्र बनाउन सहयोग हुने किसिमबाट महत्वपूर्ण गोष्ठी आयोजना गर्नुभएकोमा बिभागिय अध्यक्ष प्रा.डा. क्रिस्टोफ एमरिकलाई हार्दिक धन्यबाद ब्यक्त गर्नु भयो भने उहाँले कार्यपत्र प्रस्तुत गर्नु हुने सम्पूर्ण बिद्वान लगायत गोष्ठी आयोजक लाई खादा ओढाएर सम्मान गर्नु भएको थियो।
कार्यक्रम समबन्धमा सहभागि बिद्वानहरुले टिप्पणि गर्नुहुन्दै नेवार समुदायको बिबिध पक्षको बिषयमा केन्द्रित रहेर बिदेशी बिस्वबिद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको यो गोष्ठी नै पहिलो पटक होला भनी अनुमान गरे भने सो गोष्ठी ज्ञानमूलक र ऐतिहासिक रहेको बताउनु भयो।
प्रतिक्रिया