राष्ट्रपति ट्रम्प बिरुद्ध लागेका अश्लिल चलचित्र कलाकारका वकिल माइकलको झ्यालखाना सजाय १४ वर्षबाट साढे ७ वर्षमा झर्यो , तर अपराध कायमै

इनेप्लिज २०८२ जेठ ३० गते २०:०५ मा प्रकाशित

अमेरिकी वकिल माइकल एभेनाटी आर्थिक ठगीको मुद्दामा लस एन्जलसमा बिहीबार भएको पुनः सजाय सुनुवाइपछि उनको झ्यालखाना सजाय १४ वर्षबाट करिब आठ वर्षमा तल झरेको छ।

पूर्व उच्च तथा प्रसिद्ध वकिल एभेनाटी, जो अश्लिल चलचित्रकी कलाकार पोर्न स्टोर्मी डेनियल्सलाई राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध प्रतिनिधित्व गरेर चर्चामा आएका थिए ।

सुरुमा आफ्ना क्यालिफोर्नियाका ग्राहकहरूबाट लाखौं डलर ठगी गरेको र आईआरएसबाट लाखौं डलर लुकाएको स्वीकार गरेपछि सजाय सुनाइएको थियो।

अपीलको नवौं सर्किट अदालतले अक्टोबरमा उनको सजाय रद्ध गरिदिएको थियो । अमेरिकी जिल्ला न्यायाधीश जेम्स सेल्नाले बिहीबार एभेनाटीलाई १३५ महिनाको सजाय सुनाए, जसमा स्टोर्मी डेनियल्सको छुट्टै मुद्दामा पहिले नै भुक्तान गरिसकेको ४० महिना घटाइयो जसले गर्दा नयाँ कुल ९५ महिनाको सजाय तोकिएको छ।

नयाँ सजाय अनुसार एभेनाटी २०२९ को मध्यतिर रिहा हुनेछन्। अदालतले यसअघि स्टोर्मी डेनियल्सको मुद्दामा उनले कलाकारबाट पैसा चोरेका थिए ।

बिहीबारको पुनः सजाय सुनुवाइ यस हप्ता लस एन्जलसमा भएको दंगापछि बाहिर ठूलो संख्यामा राष्ट्रिय सुरक्षाबलको उपस्थितिका साथ भयो। अदालतका ढोकाहरूमा काठको बार लगाइएको थियो । १४ वर्षको सजाय रद्ध गरिए पनि पूर्ण रूपमा खारेज गरिएको छैन, र उनको अपराध अझै कायमै छ, जसमा एभेनाटटी बिधुतिय ठगी र कर अवरोधको दोषी ठहरिएका छन्।

अधिकारीहरूले बताए अनुसार उनि आफ्ना ग्राहकहरूको तर्फबाट सम्झौता भुक्तानीको लागि वार्ता गरेका र रकम सङ्कलन गरेका थिए, त्यसपछि पैसा आफूले नियन्त्रण गरेको खातामा सारेर आफ्नै विलासी जीवनशैलीमा खर्च गरेका थिए।

१४ वर्षको सजाय सुरुमा २०२२ मा चार वटा बिधुतिय ठगी र एक वटा आईआरएस प्रशासनमा अवरोधको आरोपमा बहु ग्राहकहरूबाट सम्झौताको पैसा चोरेको स्वीकार गरेपछि सुनाइएको थियो।

अभियोजकहरूले सुरुमा सुनाइएको १४ वर्षभन्दा केही महिना मात्र कम सजायको लागि अनुरोध गरेका थिए।

प्रतिक्रिया