ट्रम्प-मस्क विवादमा प्रेमको संकेत: अरबपति सम्बन्धमा न्यानोपनको संकेत

इनेप्लिज २०८२ जेठ २८ गते ११:१३ मा प्रकाशित

इलन मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको गत हप्ता देखिएको सार्वजनिक विवादमा अहिले नयाँ र न्यानोपनको संकेत देखिएको छ। ट्रम्पले मस्कलाई शुभकामना दिएको एक क्लिपमा मस्कले एक साधारण मुटुको इमोजीमार्फत जवाफ फर्काएपछि उनीहरूको सम्बन्धमा सन्तुलन आएको अनुमान गरिएको छ।

एक अंश(क्लिप)मा सोमबार ट्रम्पले भनेका थिए, “हाम्रो राम्रो सम्बन्ध थियो र म उनको भलो चाहन्छु – वास्तवमा धेरै राम्रो।” यस प्रकाशनमा मस्कले गत सोमबार साँझ मुटुको इमोजी(भावचित्र)को साथ एक प्रतिक्रिया दिएका थिए।

यसअघि, फक्स न्यूजले दुई अरबपतिहरूबीचको सार्वजनिक विवाद मन्द हुँदै गएको समाचार प्रकाशित गरेको थियो । मस्कले लस एन्जलसमा भएको आईसीई बिरुद्ध दंगा सम्बन्धी ट्रम्पको कार्यशैलीलाई अप्रत्यक्ष रूपमा समर्थन गरेका थिए। ट्रम्पले दंगाकारीहरूलाई “समस्या सिर्जना गर्ने र विद्रोह गर्नेहरू” भनेर उल्लेख गरेको प्रकाशन मस्कले पनि साझा गरेका थिए।

साथै, मस्कले उपराष्ट्रपति जेडी भान्सको दंगा सम्बन्धी एक्स पोस्टलाई पनि पुन: प्रकाशन (पोस्ट )गरेका थिए, जसमा भान्सले “निर्णायक नेतृत्वको लागि आह्वान” गरेका थिए र ट्रम्पको प्रशासनले दंगालाई कसरी सम्बोधन गर्नेछ भन्ने बारेमा जानकारी दिएका थिए।

यस विवादका बीच, मस्कले गत आइतबार सामाजिक संजाल एक्समा एउटा आत्म-उपहास गर्ने मजाक पनि प्रकाशन गरेका थिए । यो सबैले ट्रम्प र मस्कबीचको पहिलेको तनावलाई कम गर्दै एक समझदारी र सम्भावित नयाँ सम्बन्धको सुरुवातको संकेत दिएको छ। यो सानो इमोजी प्रतिक्रियाले ठूला संचार माध्यमहरुका मुख्य समाचार (मिडिया हेडलाइन)हरू बनेको यो घटनाले दुई प्रभावशाली व्यक्तित्वहरूबीचको जटिल सम्बन्धको नयाँ आयाम देखाएको छ।

प्रतिक्रिया