संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले गत शनिबार क्यालिफोर्निया राज्यको प्यारामाउन्टमा भएको प्रदर्शनका क्रममा प्रहरी र कानून प्रवर्तनका गाडीहरूमा ढुङ्गा प्रहार गरेको आरोपमा खोजी गरिरहेको एक व्यक्तिको पहिचान गरेको छ।
एफबीआईका अनुसार संदिग्ध ४० वर्षीय एल्पिडियो रेना हुन्, जो नजिकैको कम्प्टनका बासिन्दा हुन्। उनी संघीय अधिकारीमाथि आक्रमण गरेको आरोपमा एफबीआईको खोजी सूचीमा छन्।
एफबीआईले संदिग्धको जानकारी दिनेलाई ५०,००० डलर सम्मको पुरस्कारको घोषणा गरेको छ।
एफबीआईका अनुसार यो घटना शनिबार दिउँसो करिब ३:३० बजे भएको थियो। संदिग्धले प्यारामाउन्टको आलोन्ड्रा ब्लुभर्ड (मार्ग)मा कानून प्रवर्तनका गाडीहरूमा ढुङ्गा प्रहार गर्दा एक संघीय अधिकारी घाइते भएका थिए र सरकारी गाडीहरूमा क्षति पुगेको थियो।
एफबीआईले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ । संदिग्धलाई पक्राउ गर्नका लागि जनताको सहयोगको अपेक्षा गरेको छ। यस घटनाले कानून प्रवर्तनका अधिकारीहरूको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ। रेनाको बारेमा कुनै जानकारी भएमा तत्काल एफबीआईलाई सम्पर्क गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया