अमेरिकाको नेभादा राज्यको बिश्व चर्चित शहर लस भेगासको मुख्य मनोरञ्जन क्षेत्र(स्ट्रिप)आइतबार राति भएको गोलीकाण्डमा दुई जनाको ज्यान गएको छ। प्रहरीले यो घटना अनलाइन(अन्तर्जाल )मार्फत विवाद झगडापछि भएको लक्षित हत्या भएको प्रारम्भिक अनुमान गरेको छ।
“गोलीकाण्ड कुनै जुवाघर भित्र नभएको लस भेगास महानगर प्रहरी विभागले सामाजिक सञ्जालमा जानकारी दिएको छ।
प्रहरीका अनुसार बेलाजियो अतिथि गृह तथा जुवा घर (होटल एन्ड क्यासिनो )नजिकै गस्तीमा रहेका अधिकारीहरूले राति लगभग १०:४० बजे गोलीको आवाज सुने। घटनास्थलमा पुगेका प्रहरीले दुई व्यक्तिलाई गोली लागेको अवस्थामा फेला पारे जसको पछि मृत्यु पुष्टि गरिएको थियो।
पत्रकार सम्मेलनमा सहायक प्रमुख शेरिफ एन्ड्र्यु वाल्शले बताए अनुसार गोलीकाण्ड लक्षित र एक्लो घटना थियो। पीडित र संदिग्धबीच सामाजिक सञ्जालमा झगडा भएको र त्यसपछि यो आक्रमण भएको हो।
“हामीले अपराधमा संलग्न एक जना संदिग्धको पहिचान गरेका छौँ, तर अहिलेसम्म पक्राउ गरिएको छैन,” वाल्शले भने।गोलीकाण्ड लस भेगास ब्लुभर्डको ३६०० घर समूहमा भएको बताइएको छ। घटनापछि प्रहरीको हत्या अनुसन्धान टोली घटनास्थलमा खटिएको छ।
सार्वजनिक सुरक्षाका लागि प्रहरीले उक्त क्षेत्र नजान आग्रह गरेको छ।
प्रतिक्रिया