अमेरिकाद्वारा स्टील र एल्युमिनियममा महसुल दोब्बर – विश्व व्यापारमा त्रासको बादल

इनेप्लिज २०८२ जेठ २२ गते १४:१४ मा प्रकाशित

अमेरिकाले स्टील र एल्युमिनियममा लाग्ने आयात महसुल दोब्बर गर्दै ५०% पुर्‍याएको छ । 

यो आयात शुल्क  बुधबारदेखि नै लागू भएको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले विश्व अर्थतन्त्रमा थप तनाव उत्पन्न गरिरहेका बेला यो कदम चालिएको हो। नयाँ महसुल अमेरिकी समय अनुसार मध्यरातदेखि कार्यान्वयनमा आएको हो।

राष्ट्रपति ट्रम्पले आफ्ना मित्र राष्ट्रहरू र विरोधीहरू दुबैप्रति व्यापक महसुल लागू गरेका छन् — जसमा स्टील, एल्युमिनियम र आयातित गाडीहरू पनि पर्छन्। यी नीतिले अमेरिकाका व्यापार साझेदारहरूसँगको सम्बन्धमा पनि बिग्रिएको छ । र यो महसुल टार्नका लागि व्यापक वार्ताहरू भइरहेका छन्।

अर्थतन्त्रमा यसको गहिरो असर परेको भन्दै अर्थिक सहयोग तथा विकास संगठनले आफ्नो विश्व विकास पूर्वानुमान घटाएको छ।

ओइसिडीका प्रमुख अर्थशास्त्री आल्भारो पेरेइराले भनेका छन्, “व्यापार, उपभोग र लगानीमा महसुलको नकारात्मक प्रभाव परेको छ,” र यसले “अमेरिकी अर्थतन्त्रमा नै सबैभन्दा ठूलो असर पार्ने” चेतावनी दिएका छन्।

यद्यपि ट्रम्पको धेरै महसुल निर्णयविरुद्ध कानुनी चुनौतीहरू चलिरहेका छन् । 

यस्तै तनावपूर्ण परिवेशबीच ओइसिडीको मन्त्रीस्तरीय बैठक पेरिसमा मंगलबारदेखि सुरु भई बुधबारसम्म चलेको छ ।

प्रतिक्रिया