टिकटकका मजाक गर्ने व्यक्ति (प्राङ्क्सटर )पक्राउ: न्यूयोर्कमा टाउकोमा खाना खन्याउने युवकलाई प्रहरीले लगायो ८ वटा आरोप

इनेप्लिज २०८२ जेठ २२ गते १०:३३ मा प्रकाशित

न्यूयोर्क — सामाजिक सञ्जाल टिकटकमा व्यापक (भाइरल) भएका मजाक गर्ने ठट्टा श्रब्यदृश्य (भिडियो )बनाउने २१ वर्षीय काइल भाज्केजलाई न्यूयोर्कको लङ आइल्याण्डस्थित सेन्टरेचबाट प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार भाज्केजले सार्वजनिक स्थलहरूमा टाउकोमा खाना खन्याउँदै भाग्ने, बिना अनुमति व्यक्तिहरूको श्रब्यदृश्य (भिडियो )खिच्नेजस्ता कार्य गर्दै आएका थिए।

भाज्केजमाथि ६ वटा अनाधिकृत श्रब्यदृश्य निर्माण गर्ने र २ वटा आपराधिक अवरोध सम्बन्धी गरी ८ वटा आरोप लगाइएको छ। उनले गत अप्रिल २९ मा सेन्टरेचको “राल्फ्स इटालियन आइस” अगाडि भाँडोभरि अण्डा टाउकोमा खन्याएर भागेका थिए। अर्को दिन उनले चिनियाँ चमेनागृहभित्र कमेजबिना उभिएर भाँडाभरिको सिमी(बीन्स )टाउकोमा खन्याएका थिए।

मे महिनामा भाज्केजले तीनवटा घरमा ‘शौचालय प्रयोग गर्नुपर्छ’ भन्दै प्रवेश गरेका थिए र घरधनीको अनुमति बिना नै श्रब्यदृश्य (भिडियो )खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। उनका यस्ता श्रब्यदृश्य (भिडियो)हरू टिकटकमा १ लाखभन्दा बढी प्रशंसकलाई लक्षित गर्दै प्रकाशन गरिएका थिए।

भाज्केजले मंगलबार अदालतमा आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् । उनलाई धरौटीमा रिहा गरिएको छ। उनको अर्को सुनुवाइ मिति जुन ३० तय गरिएको छ।

यस घटनाले सामाजिक सञ्जालमा लोकप्रियता कमाउन मानिसहरूले कानुनी र सामाजिक मर्यादा तोड्ने प्रवृत्ति बढिरहेको विषयमा गम्भीर प्रश्न उठाएको छ। प्रहरी र स्थानीय बासिन्दाहरूले यस्तो व्यवहारको कडा आलोचना गरेका छन्। उनलाई पक्राउ गरिएको समाचार अनगिन्ती अमेरिकी संचार माध्यमहरुले प्रकाशित गरेका छन् ।

प्रतिक्रिया