काठमाडौँ । फिलिपिन्सको मनिला शहरमा आयोजित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ।।।रनवे मोडल युनिभर्स २०२५’मा नेपालका रोनिश खड्गीले फष्ट रनरअपको उपाधि जित्न सफल भएका छन् । ३० भन्दा बढी देशका प्रतियोगीको सहभागी रहेको प्रतियोगीता गत २३ देखि ३१ मेसम्म आयोजना भएको थियो । प्रतियोगीतामा उनी नेपालको तर्फबाट एक्लो सहभागी रहेका थिए । प्रतियोगीतामा आफुले नेपाली कलासंस्कृति समेत प्रस्तुत गरेको खड्गीले बताए ।
खड्गी ।।।मोडल हन्ट नेपाल २०२३’का विजेता हुन् । त्यस्तै, फिलिपिन्समै आयोजना भएको ।।।म्यान अफ द वल्र्ड २०२५’मा नेपाली आयुष दुलाल भने उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् । दुलाल ।।।मिस्टर नेपाल २०२४’मा ।।।म्यान अफ द वल्र्ड नेपाल २०२४’को उपाधि विजेता हुन् । दुबै प्रतियोगीलाई प्रतियोगीतामा नेक्स्ट मोडल्स नेपालकी पठाएको हो । नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले आफुले पठाएको प्रतियोगीले अन्तराष्ट्रिय क्षेत्रमा नाम राख्न सफल भएकोमा खुसी ब्यक्त गरे । ।।।अहिलेको उपलब्धिले आगामी बर्षका प्रतियोगीलाई हौसला र सहयोग मिल्नेछ’ उनले भने ।
प्रतिक्रिया