गोपाल काफ्ले / पथरी, १५ जेठ
पथरी शनिश्चरे नगरपालिकाले नियम विपरित नगरको एम्बुलेन्स परिवर्तन गरि नगर प्रहरी भेन बनाएको छ । उत्त सवारी साधनहरु समेत बाहिर घाम पानीमा राखि कवाडीमा परिणत हुदै आएको छ । नगरको एम्बुलेन्सलाई गलैचा सुकाउन साधनको रुपमा प्रयोग गर्दै आएको देखिन्छ ।
ठुलो खर्च गरेर सार्वजनिक गाडि राख्न बनाएको टहरामा भने निजि ब्यक्तीको सवारी राख्ने पार्कीङ स्थाल बनाएको छ । नगरका सरकारी सवारी साधन भने घाम र पानीका कारण झन कवाडी बन्दै गएको छ । केहि समय अघि नगरले नगरको एम्बुलेन्स परिवर्तन गरि नगर प्रहरी भेनको रुपमा चलाउदै आएको थियो । बिरामी बोक्ने सबारी साधन (एम्बुलेन्स) लाई अरु कुनै पनि प्रयोजनमा प्रयोग गर्न नमिल्ने एम्बुलेन्स संचालन गर्दै आएका चन्द्र पराजुली बताउछन ।
यत्ता नगरको सार्वजनिक गाडी राख्न बनाएको टहरामा भने कर्मचारीहरुले आफ्नो निजी गाडी राख्ने गरेको छ । हाम्रा सवारी नगर भित्र सुरक्षाका लागि राख्न नदिने तर कर्मचारीहरुले नगरका सवारी कवाडी बनाउदै टहरामा आफ्ना निजी सवारी राख्ने गरेको नगर आसपासका स्थानिय बासी बताउछन ।
यस विषयमा बुझ्न खोज्दा पथरी शनिश्चे नगर प्रमुख प्रसासकिय अधिकृत शशी राई, नगर प्रबक्ता नविन कार्कीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । नगरमा यस्ता बेथिति धेरै रहेका छन । नगरको गाडी खरिद प्रकृया, विना विज्ञापन कर्मचारी नियुत्ती, कर्मचारीद्धारा समितिको कागजपत्र च्यात्ने, सरकारी गाडीमा पिक्नीक खान जानु, सरकारी गाडी प्राइभेट नम्वर प्रयोग गरी कुद्नु, नगर अस्पतालको फार्मेसी प्राइभेट ठेक्का लगाउनु पथरी शनिश्चरे नगरमा सामान्य हुदै गएको छ ।
प्रतिक्रिया