इलन मस्कले छोडे ट्रम्प प्रशासन

इनेप्लिज २०८२ जेठ १६ गते ०:४५ मा प्रकाशित

बिश्व कै धनाढ्य उद्योगपति इलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट आफ्नो प्रमुख सल्लाहकारको भूमिका छोड्ने घोषणा गरेका छन्। मस्कले संघीय प्रशासनिक प्रणालीलाई कम गर्न र सुधार गर्न गरेका प्रयासहरू पछि यो निर्णय लिएका हुन्।

बुधबार उनले आफ्नो निर्णयको जानकारी आफ्नो सामाजिक सञ्जाल एक्स मार्फत दिएका छन् । मस्कले लेखे, “मेरो विशेष सरकारी कर्मचारीको समय सकिन लाग्दा, राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खर्च घटाउन अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु।

व्हाईट हाउसका एक अधिकारीले नखुलाई मस्कको राजीनामालाई पुष्टि गरेको एपीले जनाएको छ ।

यो निर्णय मस्कले ट्रम्पको विधायिका कार्यसूचीको केन्द्रबिन्दु ‘बिग ब्यूटीफुल बिल’लाई आलोचना गरेको एक दिनपछि आएको हो। मस्कले उक्त विधेयकप्रति आफू ‘निराश’ भएको बताएका थिए।

प्रतिक्रिया