प्रस्तुती ! हो जसरी प्रस्तुत गर्यो त्यो नै भाष्य बन्छ । विदेश जानु भनेको हारेर , नेपालमा केही गर्न नसकेर , केही अवसर , मौका नपाएर हो भन्दै पत्रपत्रिका देखि राजनीति गर्ने नेता , बुद्धीजीवी देखि सर्वसाधारणले दिनरात भन्ने गर्छन् । नकारात्मक बिचारको जगजगी फैलाएपछि कसको के लाग्छ र ?
एयरपोर्टबाट विदेश जानेहरूको ताँतीलाई उदाहरण दिएर आजकल नेपाल खत्तम नै भयो भन्छन् । देश खाली हुन लाग्यो भनिदिन्छन् । जुन सरासर गलत व्याख्या हो ।
सिक्काको दुईपाटा हुन्छ । खासमा नेपाली विदेश मात्र गई रहेका छैनन् । विदेशबाट नेपाल फर्कि रहेका पनि उत्तिकै छन् । काठमाडौं बिमानस्थलमा आउने / जानेको लर्को बराबर नै हुन्छ ।
म अघिल्लो महिना नेपाल जाँदा / आउँदा कतारदेखि जाने / आउने प्लेन दुबैतर्फ खचाखच धेरै सिटहरू नेपालीले नै भरीएको थियो । आजकल नेपाली यसरी विदेश जान पाउनु त भाग्यमानी हुनु हो । विदेश पढ्नमात्र होर आजकल काम गर्न हुलकाहुल धेर / थोर पढेका सबै थरीले जान पाउनु कम ठुलो अवसर हो र ? सोचौं त आज भन्दा ३०-३५ बर्ष अगाडी , राजामहाराजा , र केही नेपालका धनाड्यले मात्र प्लेन चढ्थे । आजकल सर्वसाधारण जो पनि चढ्न सक्ने भए । समयले जुराएको ठुलो उपलव्धी हो नी यो , होईन र ?
नेपाली समाजको चलन उहिलेदेखि नै पढ्न वा काम गर्न घर छोडेर हिंड्ने गर्थे नै । अहिले फरक पुरूषमात्र हैन महिलाहरू पनि घरमात्र हैन देश नै छोड्न थाले ।
राणाकाल , राजाकाल वा आजकलको गणतंन्त्रकाल , नेपालमा जसको शक्ति छ उसले आफ्नो दुनोमात्र सोझ्याए । सबैले देश बनाउने मौका त पाएका हुन नी । कसैले देश बनाएनन् ।मेरो ठम्याई आजकल यस्तै छ ।
हो राजा महेन्द्रले धेरै उधोग त खोलिदिएका हुन् । तर उनीसँगै उधोग बन्द भयो । राम्रोसँग चलाउन नसक्नुमा दोषी को ? सबै नेपाली हैन र ? पत्रिकाहरूमा आउने भ्रष्टाचारकाण्डका खबरहरू हेर्दा नै पुष्टी हुन्छ, कसरी पालैपालो वन्द गरिएको रहेछ ।
धेरै गुनासो नगरौं । जे जति उन्नति गर्ने उमेर छर्दैं र शरीर स्वस्थ हुँदा नै रहेछ । देश राम्रो छ मात्र भनेर नहुने रहेछ। मौका आउँछ पर्खदैन्। विदेशमा पाएको अवसर छोड्नु हुन्न । फेरी विदेश जाँदैमा देशको माया नहुने पनि हैन र विदेश गए भन्दैमा विदेशमा नै बस्नै पर्छ भन्ने पनि छैन् । आफ्नो परिवारको अवस्था हेरी , केही बर्ष विदेश बसेर, केही कमाएर , नेपालमा फर्कन पनि संम्भव छ वा विदेश नै बसेर पनि नेपाललाई माया गर्न सकिन्छ मज्जाले नै ।
अहिले लाखौं नेपाली संसारको बिभिन्न देशमा पढ्ने लगायत बिभिन्न ईलम गरेर बसिरहेका छन् र त केही नाम चलेका नेपाली कलाकारहरूको घरमा ठुलै चुलो बलेको छ । नपत्याए उनीहरूको सोसलमिडिया पोष्ट हेर्नु नेपालभन्दा बेसी विदेशका बिभिन्न ठाउँमा कार्यक्रम गरिरहेका छन् ।
नेपाल मातृभूमी हुनेमात्र होर पितृभूमी नेपाल हुनेहरू पनि नेपाल भनेपछि हुरूक्कै हुन्छन् । गर्मी महिनाको लामो विदा पारेर नेपाल लगिदिनु भनेर कर गर्छन् र जान्छन् पनि ।
विदेश बस्ने नेपाली नेपाल घुम्नलाई मात्र जाँदा पनि नेपाल देशलाई पारिवारीक आर्थिक , सामाजिक सबै पक्षबाट फाईदा धेरै नै छ ।
पारिवारीक पक्षको कुरा गर्दा , आजकल एक घर एक विदेश भएको छ नेपालमा । कुनै घरका संतानहरू त विभिन्न देशमा छरिएका छन् , भने कुनै घरका एकै देश भएपनि बिभिन्न ठाउँमा बस्छन् । बिभिन्न ठाउँमा छरिएर बसेकाहरू सल्लाह गरेर छुट्टी मिलाएर नेपाल एकैपटक पुग्नु हो भने केटाकेटीले आफ्ना “ कजन “ दिदी बहिनी भेटेर रमाईलो गर्न पाउँछन्। तेस्तै नेपालमा एक्लै बसिरहेका हजुरबाआमाले विदेशी नातिनातिना भेटेर केही समय रमाईलोसँग बिताउन पाउँछन् ।
सबैले आफ्ना आफन्त चिन्ने मौका पाउँछन् । विदेशबाट नेपाल पुगेपछि आफन्तको घर सपरिवार भेट्न जाँदा विदेशमा जन्मे हुर्केका केटाकेटीहरूले ओहो, हाम्रो परिवार कति ठुलो रहेछ भन्ने महशुस गर्न पाउँछन् । सबैले उनीहरूलाई माया पनि गर्छन् ।
एकपटक नेपाल पुगेर फर्किएपछि फेरी कहिले नेपाल जाने भन्न थालि हाल्छन् चाहे यताउता जाँदा केही असुविधा हुँदा पनि । अझ ससाना नानीबाबुलाई त असुविधा आदी केही मतलव पनि हुन्न । बाटोमा भेटिने कुकुरलाई “ कसको कुकुर हो “ भन्दै खेल्न कुदछन् । जे देखे पनि रमाईलो मान्छन् । जोसँग पनि गफ गरिरहेका हुन्छन् । सबै आफ्नै परिवार ठान्छन् ।
आर्थिक पक्षको कुरा गर्दा नेपालको टुरिजम बिजनेसलाई निक्कै प्रोत्साहन हुन्छ । विदेश बस्ने नेपालीले नेपालमा दिल फुकाएर घुम्न गएर होटेल, रेष्टुरेन्टमा खाएर , गाउँको घर गाडी बुकिंग गरेर लगेर खर्च गर्छन् । उनीहरू केटाकेटी लिएर छुट्टी मनाउन जो गएका हुन्छन् ।
अस्ति नेपाल जाँदा प्लेनमा एकजना नेपाली आमाले बच्चाहरूलाई नेपाल पुगेर पोखरा घुम्ने , मोमो खाने आदी भन्दै गरेको सुन्थें । हो पनि , विदेश बसिरहेकाहरू आफ्ना संतान नेपाल लगेर बाल्यकालमा आफुले बिताएको ठाउँ घुमाउन लग्छन् । आफुले खाएका खानेकुराहरू खुवाउॅछन् । एकप्रकारले भन्दा आफ्ना संतानको माध्यमबाट फेरी आफ्नो बाल्यकालमा फर्किरहेको अनुभव गर्छन् । कति रहर हुन्छ सबै कुरा देखाउन ।
पारिवारीक पक्षको कुरा गर्दा , आजकल एक घर एक विदेश भएको छ नेपालमा । कुनै घरका संतानहरू त विभिन्न देशमा छरिएका छन् , भने कुनै घरका एकै देश भएपनि बिभिन्न ठाउँमा बस्छन् । बिभिन्न ठाउँमा छरिएर बसेकाहरू सल्लाह गरेर छुट्टी मिलाएर नेपाल एकैपटक पुग्नु हो भने केटाकेटीले आफ्ना “ कजन “ दिदी बहिनी भेटेर रमाईलो गर्न पाउँछन्।
तर कहिलेकाहीं पुराना कुरा देखाउँदै गर्दा अहिले विकास भएका कुरा देखाउन छुटाउनु हुन्न । उनीहरू त नेपाल रमाईलो गर्न , घुम्न गएका हुन् । जसरी अमेरिकाबाट मेक्सिको , युरोप आदी देश घुम्न जाँदा बिभिन्न किसिमको पार्क घुमेर रमाईलो गरिन्छ । तेसरी नै नेपालमा पनि नँया बनेका पार्क , रेष्टुरेन्ट र होटेलमा गएर बस्नु पर्छ । नत्र केटाकेटीहरूको दिमागमा नेपालमा केही रहेनछ । सधैं नेपाल गरीब देशमात्र रहेछ भन्ने पर्छ । नेपाल आजकल कँहा गरीब छ र ? काठमाडौंमा गगनचुम्बी घरहरू, होटेल , अपार्टमेन्टहरू जताततै बनिरहेका छन् । दरवार मार्ग , ठमेल , नक्साल , बानेश्वरतिरका रेष्टुरेन्ट जताततै खचाखच भरिएका हुन्छन् ।
म आफु नेपाल पुगेपछि सबैभन्दा पहिलो काम पशुपतिनाथ मंन्दिर पुग्छु । काठमाडौंमा जन्मे , हुर्केको , पशुपतिनाथ मंन्दिरसँग त बाल्यकालका कति याद जोडिएको छ लेखेरै सकिन्न् । तेस्तै न्युरोडमा रहेको टिपटप टेलर निरको पसलको समोसा र गुलाब जामुन नखाई नेपाल पुगे जस्तै लाग्दैन् । लोकल नेवारी खाजाघरमा बनाएको हलुवा , जेरी, स्वारी र ग्वारामरी खान मरिहत्ते लाग्छ । बेकरी क्याफेकै मोमो मिठो र खान मन लाग्छ । भलै जताततै अरू मोमो पसल राम्रो भए पनि र जति नै मिठो होस् , पेट भरिए पनि मन भरिन्न् । । शायद बाल्यकालको स्वाद मनमा बसेर होला।
तेस्तै नेपाल गएर धेरैले नेपाली हस्तकलाका सामान, सुन लगायत नक्कली गरगहना, लुगाफाटो, लेहेंगा , सारी आदी पनि टन्न किन्ने गर्छन् ।
सामाजिक पक्षको कुरा गर्दा विदेशबाट नेपाल केटाकेटीलाई लग्दा नेपाली संस्कार , परम्परा, सस्कृति , रहनसहन , नेपाली भाषा नजिकैबाट नियाल्ने र बुझ्ने मौका पाउँछन् । विदेशबाट नेपाल बारम्बार गई रहेका केटाकेटीले नेपाली राम्रो बोल्न जानेका पनि हुन्छन् , लेख्न नजाने पनि । कहिलेकाहीं त कति नेपाली ठेट शब्द बोलेर चकित नै पार्छन् ।
अझ पास्नी, ब्रतबन्ध, गुन्युचोलो , विवाह आदी हिन्दुहरूले गर्नै पर्ने कार्यक्रम विदेशबाट गएर नेपालमा गर्नु हो भने सबै ईष्टमित्र, आफन्तहरूलाई एकै ठाउँमा भेला भएकोबेला भेट्ने मौका पनि मिल्छ । नेपालमा रहेका आमाबुबा पनि अति नै प्रशन्न हुन्छन् । आफन्तलाई भोजमा बोलाएर आफ्ना विदेशी संतान सबैलाई चिनाउन पाउँछन् । विदेशबाट गएर नेपालमा कार्यक्रम गर्दा कपडा पसले , सुन पसलेदेखि मेकअप गर्ने व्युटिपार्लर , पार्टी प्यालेससम्मको व्यापार पनि बढ्छ । नेपालीले नेपालमा नै रोजगारी पाउँछन् ।
नेपाली यतिखेर संसारभर छरिएका छन् । हो , बिभिन्न कारणले लाखौं नेपाली, नेपाल देश बाहिर बसिरहेका छन । तिनीहरू पनि नेपाली नै हुन् । बिभिन्न पेशा अंगालेका छन् । सबैजना आफ्नो क्षेत्रमा उन्नति गर्दै आफ्नो परिचय उच्च पार्दैछन् । उहिले जस्तो भारत र चिन बिचको सानो गरीब देश , संसारको सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेष्ट र बुद्ध जन्मेको देश मात्र भनेर नेपाललाई भुगोलको एउटा सानो टुक्रामा मात्र सीमित राखेर परिचय दिनु हुन्न । नेपाल अहिले सबैतिर छरिएको बृहत , बिशाल भई सक्यो ।
अन्त्यमा , नेपाल भित्र बस्नेले देशबाट र नेपाल बाहिर बस्नेले विदेशबाटै नेपालको माया गरौं ।
लेखिका
प्रतिक्रिया