गाजामा पत्रकारको घरमा बम वर्षा, इजरायली आक्रमणमा रेड क्रसका २ कर्मचारीसहित कम्तीमा ३० प्यालेस्टिनीको मृत्यु

इनेप्लिज २०८२ जेठ १२ गते २३:११ मा प्रकाशित
Screenshot

इजरायली आक्रमणमा गाजामा फेरि ठूलो जनधनको क्षति  भएको छ। 

आइतवार बिहानदेखि भएका बम आक्रमणमा कम्तीमा ३० जना प्यालेस्टिनीको ज्यान गएको छ भने चर्चित पत्रकार हसन माज्दी अबु वरदा र उनका परिवारका सदस्यहरू पनि परेका छन्।

इजरायलले अबु वरदाको घरलाई निशाना बनाएपछि उनी र उनका आफन्तहरू मारिएका हुन्। सोही आक्रमणका क्रममा रेड क्रसका दुई कर्मचारी पनि मारिएका छन्, जसले मानवीय संकटको अवस्था झन गम्भीर बनाएको छ। 

यस हिंसात्मक कार्यको चौतर्फी आलोचना भइरहेको अलजजिराले जनाएको छ  । विशेषगरी पत्रकार र मानवीय कामदारहरूलाई निशाना बनाइएकोमा अझ आक्रोश व्यापक भएको छ ।

रेडक्रसले आफ्नो कर्मचारी माथी हमलालाई अन्तर्राष्ट्रिय मानव अधिकार उल्लंघनको रुपमा हेर्न आग्रह गरेको छ।

गाजा हाल अत्यन्त जटिल मानवीय संकटमा परेको छ, जहाँ अस्पतालहरू, पत्रकार, र राहतकर्मीहरू समेत सुरक्षित छैनन्।

प्रतिक्रिया