लुइभिल, केन्टकी । हिमालयन तेक्वान्दो लुइभिल केन्टकीको आयोजनामा प्रथम अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिप शनिवार सम्पन्न भयो ।
अमेरिकाका विभिन्न राज्यमा वसोवास गर्ने नेपाली समुदायका एक सयभन्दा वढी विद्यार्थीहरुले विभिन्न समुहमा प्रतिश्पर्धा गरेका थिए ।
स्टेट रिप्रेजेन्टेटिभ डेनियल ग्रोसवर्गले प्रतिश्पर्धी विद्यार्थी, रेफ्री, कोच तथा अभिभावकहरुलाई सम्वोधन गर्ने क्रममा आफुले पनि सानो हुंदा तेक्वान्दो खेलेको प्रसंग सुनाउंदै आत्मरक्षा, स्वास्थ र अनुशासनका लागि तेक्वान्दो खेलको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो ।
उहांले लुइभिलमा तेक्वान्दो विद्यालय सञ्चालन तथा प्रतिश्पर्धा आयोजना गरेकोमा हिमालयन तेक्वान्दोका सिइओ कल्पना तिवारीलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो ।
सम्वोधनका क्रममा हिमालयन तेक्वान्दो ह्यारिसवर्गका प्रमुख नकुल शर्माले अमेरिकामा वसोवास गर्ने नेपाली समुदायका विद्यार्थीहरु तेक्वान्दोप्रति आकर्षित हुंदै गएकोमा विद्यार्थी तथा सहयोग पुर्याउने अभिभावकप्रति आभार व्यक्त गर्नुभएको थियो । नकुल शर्मा अमेरिकामा नेपाली मुलवाट तेक्वान्दो विद्यालय सञ्चालन पहिलो व्यक्ति हुनुहुन्छ । उहांले सेप्टेम्वर १३ तारिकमा ह्यारिसवर्गमा हिमालयन तेक्वान्दोले आयोजना गर्ने दोश्रो हिमालयन तेक्वान्दो ओपन च्याम्पियनसिपमा सहभागी हुन सवैलाई आग्रह गर्नुभयो । पहिलो ओपन च्याम्पियनसिपमा चारसय भन्दा वढी खेलाडीहरु सहभागी भएकोमा यो पटक त्यो भन्दा वढी सहभागी हुने आयोजनकहरुको विश्वास छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै अन्तरविद्यालय तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्ने हिमालय तेक्वान्दो लुइभिलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कल्पना तिवारीले कार्यक्रम सम्पन्न आयोजना गर्न सहयोग गर्ने अभिभावक तथा प्रायोजकहरुप्रति आभार व्यक्त गर्नभयो । हिमालयन तेक्वान्दो स्कुल लुइभिलमा हाल दुइ समय भन्दा वढी विद्यार्थीहरु रहेका छन्
कार्यक्रममा विजेता खेलाडीहरुलाई सिल्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न स्टेटवाट रेफ्रीहरु सहभागी भएका थिए । कार्यक्रमलाई फ्रिडम एडल्ट डे हेल्थ केयर, हेल्दी लिभिङ प्राइमरी केयर र आफ्टन फार्मेसीले प्रायोजन गरेका थिए । अतिथिहरुलाई हिमालयन तेक्वान्दो लुइभिलका तर्फवाट मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम मित्र सुवेदीले सञ्चालन गर्नुभएको थियो ।
प्रतिक्रिया