शुक्रबार साँझ एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई ग्वाटेमालाको एक समलैंगिक पुरुषलाई अमेरिका फिर्ता ल्याउन आदेश दिएका छन् । जसलाई अमेरिका सरकारले मेक्सिको निर्वासित गरेको थियो भने त्यहाँ उनलाई बलात्कार र अपहरणको शिकार बनाइएको प्रमाण अदालतमा प्रस्तुत गरिएको छ।
उक्त व्यक्ति जसको नाम अदालतले ओ सि जी भनेर गोप्य राखेको छ ।
उनि मार्च २०२४ मा अमेरिका प्रवेश गरेका थिए भने शरणको माग गरेका थिए। तर उनलाई अन्तर्वार्तामा अस्वीकार गरियो र सिधै ग्वाटेमालातर्फ फिर्ता पठाइयो।
अप्रिलमा उनी फेरि अमेरिका प्रवेश गर्ने क्रममा मेक्सिको हुँदै आउँदा त्यहीँ बलात्कार र अपहरणको शिकार भए।
मे २०२४ मा उनी अमेरिका आइपुगेपछि उनले ग्वाटेमालामा उत्पीडन वा यातनाको डर व्यक्त गरे । शरणको प्रक्रिया अघि बढाइयो। अमेरिकी अधिकारीले उनको डर ‘विश्वसनीय’ ठहर गरे पनि,ट दुई दिनमै उनलाई कुनै पूर्वसूचना बिना मेक्सिको पठाइयो।
संघीय न्यायाधीश ब्रायन मर्फीले निर्णयमा भने, “यो घटनामा कुनै जटिलता छैन। एक निर्दोष मानिसलाई बलपूर्वक सार्वजनिक यात्रीयान(बस )चढाएर त्यहाँ पठाइयो, जहाँ उनलाई केही समयअगाडि बलात्कार र अपहरण गरिएको थियो।”
मेक्सिकोले उनलाई फेरि ग्वाटेमालामा पठाएको थियो
जहाँ उनी अहिले लुकेर बसिरहेका छन्।
न्यायाधीश मर्फीले ट्रम्प प्रशासनको पछिल्ला निर्वासनहरूमाथि आलोचना गर्दै भने ओ सि जी कुनै सुरक्षा खतरा होइन। अमेरिका फिर्ता ल्याउन न त विदेशी सरकारको अवरोध छ, न त ठूलो खर्च वा कठिनाइ।”
संघीय अदालतले यसअघि एल साल्भाडोरका किलमार अब्रेगो गार्सियाको मुद्दामा पनि ट्रम्प प्रशासनलाई कडा आदेश दिइसकेको छ।
प्रतिक्रिया