दुई घातक बोइङ ७३७ म्याक्स दुर्घटनासम्बन्धी मुद्दामा अमेरिकी विमान निर्माता प्रतिष्ठान (कम्पनी )बोइङले अभियोजनबाट जोगिन न्याय बिभागसँग सैद्धान्तिक सम्झौता गरेको छ। सम्झौता अन्तिम रूपमा टेक्ससको उत्तरी जिल्ला अदालतबाट पारित हुन बाँकी छ।
नयाँ अदालती कागजातअनुसार बोइङले संघीय उड्डयन प्रशासन (एफएए) को कानुनी काममा बाधा पुर्याएको षड्यन्त्र स्वीकार गर्नेछ। सम्झौताअनुसार बोइङले कूल १.१ बिलियन डलरभन्दा बढी रकम तिर्नेछ । बोइङले ४४४.५ मिलियन डलर पीडित परिवारहरु ,४५५ मिलियन डलर सुरक्षा र गुणस्तर सुधारमा लगानी र २४३.६ मिलियन डलर अतिरिक्त जरिवाना तिर्ने छ ।
न्याय बिभागले अर्को साता भित्र अदालतमा यो सम्झौता पेश गर्ने तयारी गरेको छ। तर पीडित परिवारका वकिलहरूले सम्झौता अस्वीकार गर्न अदालतलाई आग्रह गर्ने बताएका छन्।
दुई दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो । पहिलो २०१८ मा जकार्तामा १९८ जना र दोस्रो २०१९ मा इथियोपियामा १५७ जना परेका थिए ।
वकिल पल कासेलले भने, “अमेरिकी इतिहासकै सबैभन्दा घातक सँस्थान अपराधमा यस्तो अभियोजनविहीन सम्झौता अस्वाभाविक र अन्यायपूर्ण छ। हामी यसविरुद्ध अदालतमा लड्नेछौं।”
यो सम्झौताले बोइङलाई मुद्दाबाट जोगाउने भए पनि दुर्घटनामा गुमेको विश्वास र जीवनको मूल्य अझै न्यायको प्रतीक्षामा छ।
प्रतिक्रिया