संयुक्त राज्य अमेरिकाका लागि नव नियुक्त नेपाली राजदूत लोक दर्शन रेग्मीलाई इनास अमेरिकाका प्रतिनिधिहरू—अध्यक्ष राहुल के सी, वरिष्ठ उपाध्यक्ष सृजन ताम्राकार, तथा प्रवक्ता गोपालचन्द्र लामीछानेले औपचारिक रूपमा स्वागत गरेका छन्।
सो अवसरमा इनास प्रतिनिधिमण्डलले राजदुतलाई अर्को महिना शनिवार, जुन २१, २०२५, म्यारिल्याण्ड राज्यको हार्फर्ड काउन्टीस्थित रोयल प्यालेश बलरुम एजवुड मेरिल्याण्डमा आयोजना हुने “इनास राष्ट्रिय सम्मान – २०२५” कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन सादर निमन्त्रणा प्रदान गरेको छ ।
कलाप्रेमी महामहिम राजदूतज्यूले आफ्नो व्यस्त समयका बाबजुद इनास प्रतिनिधिहरूसँग भेटघाटको लागि समय दिएका थिए । भेटघाटका क्रममा राजदुत रेग्मीले इनास तथा यसको गतिविधिहरूको बारेमा गहिरो चासो व्यक्त गर्नुका साथै कार्यक्रमबारे विस्तृत जानकारी लिए ।
साथै, राजदुतले नेपाली कला, भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको इनासको कार्यको प्रशंसा गर्दै आवश्यक साथ र सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
इनास अमेरिका परिवारले महामहिमको समय, आत्मीयता र सहयोगको आश्वासनप्रति आभार व्यक्त गर्दै भब्य सफल कार्यक्रमको तयारीमा जुटेको जानकारी गराएको छ।
प्रतिक्रिया