वाशिंगटन, डी.सी. — अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वतन्त्र संघीय निकाय (एजेन्सी)का प्रमुखहरूलाई कारणबिना हटाउने अधिकार दिन सकिने ठहर गर्दै ऐतिहासिक निर्णय सुनाएको छ। यस निर्णयमा अदालत विभाजित देखिएको छ, जहाँ तीन डेमोक्र्याट नियुक्त न्यायाधीशहरूले कडा असहमति जनाउँदै भने, “बहुमत राष्ट्रपतिलाई हाम्रो पूर्व निर्णयहरूभन्दा माथि राख्छ।”
बहुमतको भनाइ अनुसार, राष्ट्रपतिलाई कार्यकारी अधिकार प्रयोग गर्ने अधिकारीहरूलाई हटाउने अधिकार हुन्छ, जबसम्म कानूनी अपवाद लागू हुँदैनन्।
यो मुद्दा राष्ट्रिय श्रम सम्बन्ध समिति (नेशनल लेबर रिलेशन बोर्ड -एलएलआरबि) तथा योग्यता प्रणाली संरक्षण समिति( मेरिट सिस्टम्स प्रोटेक्सन बोर्ड -एमएसपिबि ) का सदस्यहरूको बर्खास्ती र पुनर्बहालीसँग सम्बन्धित छ।
विगतमा अदालतले यी अधिकारीहरूलाई पुनर्बहाली गर्ने निर्णय गरेको थियो, तर ट्रम्प प्रशासनले आपतकालीन रूपमा सर्वोच्च अदालतमा निवेदन दर्ता गर्दै ती निर्णय रोकिनु पर्ने माग गरेको थियो।
यो मुद्दाले सन् १९३५ को हम्फ्री एग्जीक्यूटर नामक ऐतिहासिक फैसलालाई चुनौती दिन्छ, जसले स्वतन्त्र निकायहरूको संरक्षण गर्दै आएको थियो। ट्रम्प प्रशासनले यो निर्णय उल्ट्याउने तयारी गरेको छ, जसले कार्यकारी शक्तिलाई सुदृढ पार्नेछ।
विपक्षी वकिलहरूले भने “एक शताब्दीको अभ्यास र निर्णय उल्ट्याउने यो हतारो” देशका संघीय संस्थाहरूका लागि खतरनाक हुन सक्ने बताएका छन्।
यो फैसलाले राष्ट्रपति ट्रम्पको कार्यकारी शक्तिलाई उल्लेखनीय रूपमा बलियो बनाउने देखिन्छ।
प्रतिक्रिया