“राष्ट्रद्रोहीहरूले अमेरिका नष्ट गर्न खोजे, म रोक्न आएँ” — ट्रम्पको कडा आरोप

इनेप्लिज २०८२ जेठ ७ गते २२:५५ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सीमानीति र जो बाइडेन प्रशासनमाथि कडा आरोप लगाउँदै राष्ट्रद्रोहको गम्भीर दाबी गरेका छन्। उनले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा उनले भने, “जो बाइडेन कहिल्यै खुला सीमाको पक्षमा थिएनन्। यो योजना त उनी मानसिक रूपमा अशक्त भइसकेको थाहा पाएका समूहले तयार गरेका थिए।”

राष्ट्रपति ट्रम्पले बाइडेनको नाममा चलाइएको नीतिले अमेरिका हजारौं आपराधिक तत्वहरूको सुरक्षित आश्रयस्थल बन्न गएको आरोप लगाए । “यो खुला सिमाना अपराधी, लागूपदार्थ तस्कर, गिरोह सदस्य र मानसिक असन्तुलितहरूलाई बिना जाँच प्रवेश गराउने ढोका बन्यो,” ट्रम्पले भने।

उनका अनुसार सीमाबाट अनियन्त्रित रूपमा आउने अपराधीहरूलाई हटाउन अमेरिका अहिले सयौं अर्ब डलर खर्च गर्न बाध्य भएको छ। ट्रम्पको भनाइमा, “यी सबै योजनाहरूको पछाडि राष्ट्रद्रोहीहरू छन् जसले अमेरिकालाई जानीजानी जोखिममा पारे। यो उच्च स्तरको राष्ट्रद्रोह हो।”

अब देशमा गम्भीर कारबाहीको समय आएको छ। उनले आफूले अमेरिकालाई नष्ट हुनबाट बचाएको दाबी गर्दै भने, “म नआएको भए, देश सकिन्थ्यो। अब हाम्रो नारा फेरि जिउँदो छ — अमेरिका फेरि महान बनाऔं!”

रिपब्लिकन समर्थकहरूबीच यो बयानले नयाँ ऊर्जा थपेको देखिन्छ भने आलोचकहरूले यसलाई अतिवादी र प्रमाणहीन दाबी ठहर गरेका छन्।

प्रतिक्रिया