रूसले युक्रेनमा १०० भन्दा बढी मानव रहित यान (ड्रोन) प्रहार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको दुई घण्टा लामो दूरभाष (टेलिफोन)वार्तापछि दुबै देशबीच शान्ति वार्ता “तत्काल” सुरु हुने घोषणा गरे ।
युक्रेनको वायुसेनाका अनुसार, रूसले एकै रातमा १०८ वटा मानव रहित यान (ड्रोन) पठायो, जसमध्ये ३५ वटा मानव रहित यान (ड्रोन) खसालियो र ५८ वटा अन्य निष्क्रिय पारियो। चार क्षेत्रमा जमिनमा क्षति पुगेको छ। उता, रूसले युक्रेनका आठ वटा मानव रहित यान (ड्रोन )खसालेको दाबी गरेको छ।
यो आक्रमण ट्रम्प–पुटिन वार्तापछि आएको हो, जसलाई ट्रम्पले “केही ठूलो हुन सक्छ” भन्दै उल्लेख गरे। उनले पत्रकारहरूसँग भने, “दुई राष्ट्रपतिको अहंकार ठूलो छ, तर म शान्तिका लागि आशावादी छु।”
यद्यपि, पुटिनले भने वार्ताको लागि तत्काल कुनै लचकता देखाएका छैनन्। क्रेमलिनद्वारा जारी बयानमा उनले भने, “हामी यो संकटका मूल कारण समाधान गर्न चाहन्छौं।”
यसअघि टर्कीको इस्तानबुलमा भएको युक्रेन–रूस वार्ता विफल भएपछि पनि ट्रम्प आत्मविश्वासपूर्ण देखिएका छन्। उनले आफ्नो सामाजिक संजाल ट्रुथ सोसल मार्फत युद्धविराम वार्ता सुरु हुने बताएका छन् ।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि ट्रम्पसँगको कुराकानीमा “पूर्ण र बिना सर्त युद्धविराम” का लागि तयार रहेको पुष्टि गरेका छन्। उनले भने, “यदि रूस तयार छैन भने, उसमाथि थप कडा प्रतिबन्ध लगाइनुपर्छ।”
जेलेन्स्कीले चेतावनी दिएका छन्, “यदि पुटिनले वार्ता टार्ने प्रयास गरे, अमेरिका र विश्वले कडा जवाफ दिनुपर्छ। युक्रेन सधैं शान्तिका लागि तयार छ।”
प्रतिक्रिया