अमेरिकाको भर्जिनिया राज्यको भियना शहरमा डेमोक्रयाटका प्रभावशाली अमेरिकी सिनेटर मार्क वार्नरसँग नेपाली समुदायको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
अमेरिकाको भर्जिनियामा स्थापना भएको टेन्डर हर्ट नामक गैर मुनाफा सामाजिक संस्थाले आयोजना गरको उक्त कार्यक्रममा ३ बर्षको लगातार प्रयास पछि नेपाली समुदायसँग भेटघाट गराउन सफल भएको सँस्था जनाएको छ । संस्थाकी सँस्थापक प्रभा भट्टराई देउजा हुन् भने उनले नेपाली समुदायका समस्याहरुका उनि समक्ष राख्ने उद्धेश्यले छोटो मिठो कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा डिसी महानगर क्षेत्रका बिभिन्न संघ/संस्थाका आगुवा, प्रतिनिधि ,सामाजिक अभियन्ता,व्यवसायी ,अमेरीकामा जन्मिएका दोश्रो पुस्ताका किशोरकिशोरीहरु सहभागिता रहेको थियो ।
टेन्डर हर्टकी सँस्थापक प्रभा भट्टराई देउजा सिनेटर वार्नरलाई स्वागत गर्नु को साथै उनको परिचय गराइन् । सिनेटर वार्नरले वर्तमान ट्रम्प प्रशासन र राष्ट्रपति डोनाल्ड ट्रम्पका गतिबिधि र उनका काम कारवाही प्रति असन्तुष्ट जनाए । उनले संबिधानलाई मिचेर काम गरेको र सम्पूर्ण प्रणालीलाई बिगारेको आरोप लागाए । उनले भूतपूर्व सैनिक लगायत थुप्रै बिभागका संघीय कर्माचारीहरुलाई ब्यापक छनौट गरेकोमा आक्रोस व्यक्त गरे ।
तर पनि आफू सिनेटर भएको र जनताको सेवाको लागि निरन्तर लागि रहने बताए । उनले मन्तब्यमा नेपाली समुदाय लगायतले भोग्नु परेका समस्याहरुलाई आफूले सक्दो सहयोग गर्ने जनाए ।
साथै सिनेटर वार्नरसँग भेट गरी अमेरिकामा रहेका नेपाली डायस्पोराले भोगिरहेका अवसर र चुनौतीहरूबारे गम्भीर छलफल गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा अस्थायी संरक्षित स्थिति (टिपिएस), बिधार्थी प्रवेशाज्ञा (भिसा) ,पूर्वसैनिक सेवा,बर्खास्ती लगायत विषयहरू उठान गरियो । सिनेटर वार्नरले नेपाली-अमेरिकी समुदायसँग सहकार्य गर्ने रुचि देखाउँदै भविष्यका अनुदान कार्यक्रमहरूमा नेपाली अमेरिकी सामुदायिक केन्द्रसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
छलफलमा डा मदन उप्रेतीले एभरेस्ट फेडरल क्रेडिट युनियनले भोगिरहेको चुनौतीहरू बारे पनि कुरा राखे । विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले “हरित ऋण ” सम्बन्धी अनुदान रोक्ने निर्णयले युनियनलाई परेको असरबारे समेत डा उप्रेतीले प्रकाश पारे ।
वार्नरले नेपाली समुदायको योगदानको उच्च मूल्याङ्कन गर्दै समस्याहरू समाधान गर्न सकारात्मक भूमिका खेल्ने आश्वासन दिए। अमेरिकी पूर्व सैनिक आशिष संग्रौलाले सैनिक सेवाको बारेमा प्रकाश परेका थिए । त्यसै गरि एसोसिएसन अफ नेपलिज इन अमेरिकाज(एएनए)का अध्यक्ष खगेन्द्र अधिकारीले अन्त्यमा क्यानडामा हुने एएनएनको सम्मेलन बारे समेत आमन्त्रण गरे ।
एक जना दोश्रो पुस्ताका किशोरले लाउडन काउन्टीको पानीको बारेमा दुखेसो पोखे भने एक महिलाले जागिर बर्खास्ती र अर्की एक महिलाले एकल आमा भएको भन्दै आफ्ना ३ सन्तानको भबिष्यको लागि चिन्ता व्यक्त गरिन ।
अन्त्यमा टेन्डर हर्टकि संस्थापक प्रभा भट्टराई देउजाले उपस्थित सबैलाई धन्यबाद दिइन । सिनेटर वार्नरले पहिलो पटक नेपाली समुदायसँग अन्तरक्रिया गर्न पाउँदा हर्ष लागेको बताए ।
प्रतिक्रिया