क्यालिफोर्नियामा बाँझोपन उपचार कक्ष बाहिर बिस्फोट: एकको मृत्यु, पाँच घाइते — आतंकको आशंका

इनेप्लिज २०८२ जेठ ४ गते २३:५५ मा प्रकाशित

शनिबार बिहान क्यालिफोर्नियाको पाम स्प्रिङ्सस्थित एक फर्टीलिटी क्लिनिक(बाँझोपन उपचार कक्ष सन्तान) बाहिर गाडी विस्फोट हुँदा एक जनाको मृत्यु भएको र कम्तीमा पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार बिस्फोट स्थानीय समयअनुसार बिहान ११ बज्नु अघि भएको थियो।

प्रहरी अनुसन्धानमा मृतक व्यक्ति नै घटनाको शङ्कास्पद योजनाकार भएको विश्वास गरिएको छ। घटनास्थल वरपर अन्य विस्फोटक सामग्री पत्ता लगाउन सक्रिय खोजी जारी रहेको एबिसीन्यूजले जनाएको छ ।

“यो एक योजनाबद्ध हिंसात्मक हमला हो भन्ने प्रारम्भिक संकेत छ। विस्फोटको प्रभाव आसपासका धेरै भवनहरूमा परेको छ,” पाम स्प्रिङ्सका प्रहरी प्रमुख एन्डी मिल्सले बताए।

घटनापछि अधिकारीहरूले मानिसहरूलाई एक मार्ग नजान अनुरोध गरेका छन्। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजमको कार्यालयका अनुसार एफबीआई र एटिएफ लगायत संघीय गुप्तचरहरू घटनास्थलमा सहायता पुर्‍याइरहेका छन्।

अमेरिकन रिप्रोडक्टिभ सेन्टर्स(प्रजनन केन्द्र)का अनुसार उपचारकक्ष बाहिरको सवारी साधन अड्डा क्षेत्रमा भएको गाडी विस्फोटबाट उपचार कक्षका कर्मचारी, भ्रूण तथा मानव अण्डाहरू सुरक्षित छन्। “हामी स्तब्ध र दुःखी छौं, तर हाम्रो सेवामा कुनै रोकावट आउने छैन,” उपचारकक्ष (क्लिनिक)ले वक्तव्यमा उल्लेख गरेको छ।

एफबीआई, एटिएफ र अन्य निकायहरूले प्रमाण संकलन तथा अनुसन्धान गरिरहेका छन्। राज्य, संघीय र स्थानीय निकायहरूको समन्वयमा घटना अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया