अमेरिकाको आइडाहो राज्यमा गाडी दुर्घटना हुँदा चीनिया मूलका ५ जना सहित ६ जनाको मृत्यु ,६ जनाको नाम सार्वजनिक

इनेप्लिज २०८२ जेठ ४ गते १०:५७ मा प्रकाशित

अमेरिकाको आइडाहो राज्यमा गाडी दुर्घटना हुँदा चीनिया मूलका ५ जना सहित ६ जनाको मृत्यु भएको आइडाहो प्रहरीले जनाएको छ ।

आइडाहो प्रहरीले हालै यलोस्टोन नेशनल पार्क (राष्ट्रिय निकुञ्ज )नजिकै भएको भीषण सडक दुर्घटनामा ज्यान गुमाउने ६ जनाको नाम सार्वजनिक गरेको छ।

दुर्घटना मे १ मा भएको थियो । उक्त घटना एक डज राम माल बाहक गाडी (ट्रक)ले सिधै मार्ग काट्ने हुँदा पर्यटक बोकेको मर्सिडिज सवारी साधनामा ठोक्किएको थियो। दुवै सवारी जलेर पूर्ण रूपमा नष्ट भएका थिए।

मृत्यु हुने व्यक्तिहरूमा जियनपिङ ली (७१ बर्षिय ), गुआङ्सी, चीन ,शाओमिङ जियाङ (६६ बर्षिय ), गुइलिन, चीन, इभाना वेन (२८ बर्षिय ), मिलान, इटली, ली नी (६४), अर्काडिया, क्यालिफोर्निया , ऐफेङ वान (५३), अर्काडिया, क्यालिफोर्निया तथा यु झाङ (३०), चालक इस्टभेल, क्यालिफोर्निया रहेका छन् ।

यस भयानक दुर्घटनामा माल बाहक चालक इसाइया मोरेनो हम्बल, टेक्ससका बासिन्दा पनि मारिएका थिए।

प्रारम्भिक जानकारीमा एक जना जियान शी (५६), शाङ्घाईलाई मृतक भनिएको थियो, तर पछि प्रहरीले सच्याउँदै उनले गम्भीर चोटपटक भोगे पनि जीवित रहेको स्पष्ट गर्‍यो।

पर्यटक सवारी साधनमा १४ जना सवार थिए, जसमा १२ जना चिनियाँ, एक जना इटालियन र एक चालक थिए। घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि लगिएको छ।

दुर्घटनाको अनुसन्धान जारी रहेको छ। घटना यलोस्टोन र ग्रान्ड टाइटन उद्यानलाई जोड्ने एक लोकप्रिय यात्रामार्गमा भएको हो।

यलोस्टोन निकुञ्ज (पार्क)अमेरिका कै सबैभन्दा ठूलो राष्ट्रिय पार्कमध्ये एक हो, जहाँ हरेक वर्ष लाखौं पर्यटक पुग्ने गर्छन्। एक अध्ययन अनुसार, सन् २०१६ मा यलोस्टोनका अन्तर्राष्ट्रिय पर्यटकमध्ये ३४% चिनियाँ र ११% इटालियन थिए।

प्रतिक्रिया