संयुक्त अरब एमिरेट्स (युएई) भ्रमणको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले युएइका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानलाई ह्वाइट हाउस भ्रमणको निमन्त्रणा दिएका छन्।
दुबै नेताबीच द्विपक्षीय भेटवार्ताको क्रममा ट्रम्पले भने, “ओवल कार्यलय तयार गर्न मलाई एक महिना समय दिनुहोस्, त्यसपछि हामी सँगै ह्वाइट हाउसमा उत्सव मनाउनेछौं।”
यो टिप्पणी ट्रम्पले युएइको मार्चमा गरिएको ठूलो लगानी घोषणालाई सम्बोधन गर्दै गरेका हुन्। युएइले आगामी १० वर्षमा कृत्रिम बुद्धिमत्ता , सवारी साधन लगायत उपकरण,निर्माण र ऊर्जाको क्षेत्रमा १.४ ट्रिलियन अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेको थियो।
संयुक्त राज्य अमेरिकामा युएइको हालको लगानी नै १ ट्रिलियन डलर पुगेको यपएइको वाशिंगटनस्थित दूतावासले जनाएको छ।
ट्रम्प र अल नाह्यानबीचको यो भेट भविष्यमा आर्थिक साझेदारी थप बलियो बनाउने संकेतका रूपमा हेरिएको छ।
प्रतिक्रिया