“युद्ध होइन, शान्ति मेरो प्राथमिकता हो” — कतारमा अमेरिकी सैनिकलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पको कडा सन्देश

इनेप्लिज २०८२ जेठ २ गते १०:४९ मा प्रकाशित

कतार — राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार कतारस्थित अल उदीद सैनिक हवाई अड्डा (एयर बेस)मा अमेरिकी सैनिकलाई सम्बोधन गर्दै “मेरो प्राथमिकता द्वन्द्व अन्त्य गर्नु हो, सुरु गर्नु होइन,” भनी स्पष्ट सन्देश दिए।

तर, उनले चेतावनी दिदै भने “अमेरिकी शक्ति प्रयोग गर्न मलाई कहिल्यै सङ्कोच हुने छैन, जबसम्म देश र मित्र राष्ट्रहरूको रक्षा गर्न जरुरी हुन्छ।”

यो उनको दोस्रो कार्यकालको पहिलो प्रमुख अन्तर्राष्ट्रिय भ्रमण हो। अल उदीद हवाई सैनिक अड्डा जहाँ १०,००० भन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्, मध्यपूर्वमा अमेरिकाको रणनीतिक सन्तुलनको केन्द्रबिन्दु मानिन्छ।

त्यसै अवसरमा, ट्रम्पले भारतसँग “प्राय: शून्य महसुल” मा व्यापार सम्झौता भएको संकेत गर्दै भने, “भारत संसारकै सबैभन्दा बढी महसुल लिने देशहरूमध्ये एक हो, तर अहिले उनीहरू हामीसँग महसुल नलिने प्रस्तावमा आएका छन्।”

ट्रम्पले डेमोक्र्याट नेताहरू र सञ्चारमाध्यममाथि हमला गर्न समेत भ्याए । पूर्व यातायात सचिव तथा सम्भावित २०२८ राष्ट्रपतीय उम्मेदवार पीट बुटिगिगमाथि कटाक्ष गर्दै ट्रम्पले भने, “हामी बिमानस्थल सुधार गर्दैछौं, उनि भने दुई पाङ्ग्रे चढेर कार्यालय गएका थिए ।”

इरानसँगको वार्तामा सकारात्मक संकेत दिँदै ट्रम्पले भने, “इरानले अहिले आणविक हतियार नबनाउने कुरामा सहमति जनाएको छ। उनका विशेष दूत स्टिभ विटकोफले आइतवार चौथो चरणको वार्ता सम्पन्न गरेका छन्, र छलफल जारी रहनेछ।

प्रतिक्रिया