“पुटिनले वार्ता होइन, नियन्त्रण खोज्दैछन्” — ज़ेलेन्स्की अझै प्रतीक्षामा

इनेप्लिज २०८२ जेठ २ गते १०:२६ मा प्रकाशित

इस्तानबुल, टर्की — युक्रेन–रूस वार्ताको धेरै दिनको व्यापक हल्ला र तयारीपछि अन्ततः मे १५ आइपुग्दा पनि बहुप्रतीक्षित शिखर वार्ता बिना नै गुज्रिएको छ। युक्रेनी राष्ट्रपति भोलोदीमिर ज़ेलेन्स्की अङ्कारामा राष्ट्रपति रेचेप तैयप एर्दोगानसँग भेट गर्न पुगेका छन् भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अनुपस्थित छन्।

टर्कीको विदेश मन्त्रालयका एक स्रोतले सिएनएनलाई जानकारी दिए अनुसार रूस र युक्रेनबीच कुनै “निर्धारित भेटघाट तय भएको छैन”।

इस्तानबुलमा एक “प्राविधिक स्तरको” रूसी प्रतिनिधिमण्डल मात्र उपस्थित रहेको छ भने केही अमेरिकी अधिकारीहरू पनि त्यहीँ छन्। उता युक्रेनले भने राष्ट्र–राष्ट्र प्रमुखबीच प्रत्यक्ष वार्ता र युद्धविरामको प्राथमिकता दोहोर्‍याइरहेको छ।

राष्ट्रपति पुटिन वार्ताका लागि आउँछन् भन्ने अपेक्षा युक्रेन, युरोपेली नेताहरू र राष्ट्रपति डोनाल्ड ट्रम्प समेतले गरेका थिए। तर क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले बिहीबार बिहान नआउने भनि उत्तर दिए ।

पुटिनले गत आइतबार राति २ बजे प्रत्यक्ष वार्ता सुरु गर्ने घोषणा गरेका थिए। तर युक्रेनले सशर्त भनेको थियो ,पहिला युद्धविराम त्यसपछि मात्र उच्चस्तरीय वार्ता।

राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिँदै भने, “ उनि (पुटिन) किन जान्थे र म नै नगएपछि?” उनी वार्ता सक्रिय गराउन इस्तानबुल जान तयार रहेको बताएका थिए।

प्रतिक्रिया