कतारको अमिरको दरबारमा आयोजित राज्य भोजमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग कतारबीचको “उत्कृष्ट मित्रता” माथि गर्व व्यक्त गरे। उनले कतारसँगको सम्बन्धलाई पुनः दोहोर्याउँदै त्यसलाई “गहिरो र विश्वासिलो” मित्रता भने।
ट्रम्पले इरानसँगको सम्भावित सम्झौता विषयमा कतारले अमेरिकासँग “निकै नजिकबाट सहकार्य” गरिरहेको बताएका छन्। उनले भने, “म चाहन्छु कि सबै कुरा शान्तिपूर्ण ढंगले टुंगियोस्।”
इरानप्रति संकेत गर्दै ट्रम्पले भने, “म चाहन्छु इरानले बुझोस् कि यहाँ उसले कति राम्रो मित्र पाएको छ,” भन्दै कतारको प्रशंसा गरे। उनले आफू पनि इरानप्रति कडा नीति नअपनाएको भन्दै ‘शान्ति चाहने मित्र’ भएको जनाए।
राज्य भोज सुरु हुनु अघि कतारका अमिरले ट्रम्पलाई सम्बोधन गर्दै भने, “म वास्तवमै विश्वास गर्छु कि तपाई शान्तिका राष्ट्रपति हुनुहुन्छ।” साथै उनले गाजाको स्थितिप्रति क्षेत्रीय ध्यान केन्द्रित रहेको कुरा उल्लेख गरे।
दरबारमा पुग्दा ट्रम्पलाई दरबारको भ्रमण गराइयो । उनले दरबारलाई “रमाइलो घर, सुन्दर घर” भनेर टिप्पणी गरे। ट्रम्पको यो भ्रमणले मध्यपूर्वमा शान्ति स्थापना र इरानसँगको तनाव समाधानतर्फको कूटनीतिक प्रयासलाई बल मिलेको संकेत गर्दछ।
प्रतिक्रिया