“ग्रीस नजिकै ६.१ परिमाण (म्याग्निच्युड)को भूकम्प, सुनामीको जोखिमबारे चेतावनी”

इनेप्लिज २०८२ जेठ १ गते १०:१७ मा प्रकाशित

बुधबार बिहान स्थानीय समय अनुसार ग्रीस नजिकै ६.१ परिमाण (म्याग्निच्युड)को शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण संस्थाले जनाएको छ।

ग्रीक आपतकालीन व्यवस्थापन निकायले भूकम्पपछि सम्भावित सुनामीको जोखिमबारे सतर्कता जारी गर्दै नागरिकहरूलाई तुरुन्तै समुद्री किनार छाड्न आग्रह गरेको छ।

ग्रीसको कासोस टापुबाट करिब ३० माइल दक्षिणपूर्वमा यो भूकम्प गएको थियो। ग्रीक निकाय (एजेन्सी)ले यसलाई प्रारम्भमा ५.९ म्याग्निच्युडको भूकम्पको रूपमा विवरण दिएको थियो। तर, अमेरिकी भूगर्भ सर्वेक्षण संस्थाले अनुसार केन्द्रविन्दु फ्राइ ग्रीसबाट ९ माइलभन्दा बढी दक्षिणमा रहेको छ।

भूकम्पले आसपासका क्षेत्रमा ठूलो झड्का महसुस गराएको र समुद्री गतिविधिमा पनि असामान्य परिवर्तन देखिएको प्रारम्भिक विवरणहरूमा उल्लेख छ। स्थानीय बासिन्दाहरूलाई सतर्क रहन र आपतकालीन सूचनाहरूको पालना गर्न अनुरोध गरिएको छ।

हालसम्म मानवीय क्षति वा संरचनागत क्षतिको विवरण आउन बाँकी भए पनि अधिकारीहरू संभावित आपतकालीन प्रतिक्रिया र उद्धारका लागि तयारी अवस्थामा छन्।

प्रतिक्रिया