मिलवाकी, विस्कनसिन — अमेरिकाको विस्कनसिन राज्यको मेलवाकी काउन्टी सर्किट अदालतकी न्यायाधीश हान्ना डुगानलाई संघीय अदालतमा अभियोग लगाइएको छ। उनलाई गत महिना संघीय आप्रवासन अधिकारीहरूबाट एक अवैध आप्रवासीलाई बचाउने प्रयास गरेको आरोप लागेका छन्।
संघीय अभियोजकहरूले मंगलबार डुगानमाथि “अवरोध” र “पक्राउबाट व्यक्तिलाई लुकाउने” अभियोग दर्ता गरेका छन्। उनले यसअघि पनि यही आरोपमा गिरफ्तारीको सामना गरेकी थिइन्।
उनकी वकिल क्रेग मास्तान्तुओनोका अनुसार, “न्यायाधीश डुगान निर्दोष छिन् र अदालतमा आफू निर्दोष सावित हुनेमा विश्वास राख्छिन्।”
घटनाका विवरणअनुसार, अप्रिल १८ मा डुगानले आफ्नो अदालती सुनुवाइ सकेपछि संघीय आप्रवासन अधिकारीहरू आफू उपस्थित भएको थाहा पाएपछि आक्रोशित भइन्। “यो स्थिति हास्यास्पद हो,” भन्दै उनी न्यायाधीश कक्षतिर गइन्।
पुनः अदालत फर्किएपछि उनले ती आप्रवासी र उनको वकिललाई मुख्य ढोका नहुँदै निर्णायक मण्डल (जुरी )ढोकाबाट बाहिर निकालेकी थिइन्, ताकि अधिकारीहरूले समात्न नपाउन्। तर बाहिर संघीय अधिकारीहरूले ती व्यक्तिलाई दौडधुपपछि पक्राउ गरेका थिए।
न्यायाधीश डुगान अप्रिल २५ मा अदालतमा पहिलो उपस्थिति दिएकी थिइन् । उनि बिना थुना रिहा भएकी थिइन्।
विस्कनसिन सर्वोच्च अदालतले अप्रिलको अन्त्यमा डुगानलाई “अस्थायी रूपमा न्यायाधीशको हैसियतमा काम गर्न रोक लगाइएको”*घोषणा गरेको छ।
“यो सार्वजनिक हितका लागि हो,”अदालतको आदेशमा उल्लेख गरिएको छ। यो मुद्दाले अमेरिकाको आप्रवासन र न्याय प्रणाली बीचको द्वन्द्वलाई पुनः सतहमा ल्याएको छ।
प्रतिक्रिया