“टेक्सस ह्युस्टनमा १३ वर्षीया किशोरीलाई अपहरणको प्रयास गर्ने अभियुक्तलाई २६ पटकको पक्राउ इतिहास”

इनेप्लिज २०८२ वैशाख २८ गते ०:५० मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ह्युस्टन शहरमा १३ वर्षीया किशोरीलाई अपहरणको प्रयास गरेको अभियोग लागेका एक पुरुषलाई कम्तीमा २६ पटक पक्राउ गरिएको अभिलेख (रेकर्ड )रहेको छ। ४१ वर्षीय स्टान्ली डटसनलाई “अपहरणको प्रयास” गरेको आरोपमा लगाईएको छ।

अदालतका कागजातहरूअनुसार, डटसनले एक किशोरीलाई “उनको दाहिने हात समातेर र जबर्जस्ती तान्दै” अपहरण गर्ने प्रयास गरेका थिए।

बालिकाले बिधुतिय दुई पाङ्ग्रे (इलेक्ट्रिकल स्कुटर)मा हिडी रहेको समयमा पुरुषलाई आफूलाई हेरिरहेको र असहज महसुस गरिरहेको अदालतको कागजातमा लेखिएको छ । जब पुरुषले उनलाई पछ्याएर समात्न थाले, बालिकाले चिच्याइन् र त्यसपछि पुरुषले उनलाई छोडेर भागेको अदालतले जनाएको छ।

बालिका खाल्डोमा लडेपछि चिच्याइन् र त्यसपछि मात्र पुरुषले उनलाई छोडेको थियो । बुधबार शेरिफ कार्यालयलाई एक अज्ञात सुराक प्राप्त भयो जसले डटसनको सामाजिक संजाल (फेसबुक) पाइयो । डटसनको सन् २००८ बाट कम्तीमा २६ पटक पक्राउ इतिहास रहेको पाइएको छ।

अन्ततः किशोरी र साक्षीले डटसनलाई तस्बिरहरूबाटपहिचान गरे । डटसनलाई ह्यारीस काउन्टी शेरिफ कार्यालयले पक्राउ गरेको हो। उनको जमानत १००,००० डलर गरिएको छ।

तस्बिर कृतज्ञता : ह्यारीस काउन्टी शेरिफ कार्यालय

प्रतिक्रिया