कोलम्बिया विश्वविद्यालयले सोमबार राति विश्वविद्यालयको बटलर पुस्तकालयमा प्यालेसटाइन समर्थक प्रदर्शनमा संलग्न विद्यार्थीहरूलाई ६५ भन्दा बढी विद्यार्थीलाई अन्तरिम निलम्बन गरेको छ। विश्वविद्यालयका प्रवक्ताका अनुसार निलम्बनको मारमा विद्यार्थी मात्र नभई बार्नार्ड कलेज लगायत अन्य सहकारी संस्थाका ३३ पूर्व विद्यार्थी र अन्य व्यक्तिहरू पनि परेका छन्।
कोलम्बियाका संजालस्थल (वेबसाइट )अनुसार, “अन्तरिम निलम्बन” भन्नाले विद्यार्थीले विश्वविद्यालय परिसर आउन, कक्षाहरूमा उपस्थित हुन र विश्वविद्यालयका अन्य गतिविधिहरूमा भाग लिन पाउने छैन। यद्यपि, विश्वविद्यालय परिसरमा लागू गरिएको यो प्रतिबन्धको अवधि नबुझाइएको छ र थप अनुसन्धानको आधारमा निर्णय लिइने जनाइएको छ।
बुधबारको प्रदर्शनमा करिब ८० जनालाई पक्राउ गरिएको थियो। अधिकांशलाई घुसपैठको आरोपमा पक्राउ गरिएको छ । केहीलाई अव्यवस्थित आचरणको आरोप लागेको छ। प्रदर्शनकारीहरूले पुस्तकालयमा झन्डा र ध्वजाहरू राखे र केही फर्निचरमा नारा लेखेका थिए । जसमध्ये “कोलम्बिया जल्नेछ” पनि लेखिएको थियो। न्यूयोर्क शहर प्रहरीले विश्वविद्यालयका अधिकारीहरूको आग्रहमा प्रदर्शन रोक्न प्रवेश गरे।
अमेरिकी विदेश सचिव मार्को रुबियोले उनीहरूको कार्यालयले प्रदर्शनमा संलग्न व्यक्तिहरूको प्रवेशाज्ञा स्थिति(भिसा स्टाटस) जाँच्नेछ र सम्भावित देश निकाला (डिपोर्टेशन)को प्रक्रिया सुरु गर्नेछ। कोलम्बिया विश्वविद्यालयको कडा कदमले क्याम्पसमा बढ्दो राजनीतिक तनावलाई उजागर गरेको छ।
प्रतिक्रिया