भारतको आक्रमणपछि पाकिस्तानको कडा जवाफ: ‘बुनयान मर्सूस’ सैन्य कारवाही सुरु, भारतीय सैन्य ठेगानामा क्षेप्यास्त्र हमला

इनेप्लिज २०८२ वैशाख २७ गते १:२३ मा प्रकाशित

भारतसँगको तनाव चुलिँदै गएपछि पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान मर्सूस’ नामक सैन्य कारवाही रु गरेको छ। पाकिस्तानको सेनाको संचार शाखा अर्थात् सेनाहरूबीचको संयुक्त जनसम्पर्क विभाग अन्तर सेवाका अनुसार, यो कारवाही अभारतको तथाकथित आक्रमणको प्रतिकारस्वरूप सुरु गरिएको हो।

सैन्य स्रोतहरूका अनुसार पाकिस्तानले भारतको उधमपुर सहरस्थित हवाई अड्डा र पठानकोट स्थित हवाई अड्डालाई निशाना बनाउँदै ती दुवै स्थल “ध्वस्त” गरेको दाबी गरिएको छ। साथै भारतको पंजाब राज्यस्थित ब्यासमा रहेको ब्राह्मोस क्षेप्यास्त्र भण्डारण केन्द्र पनि आक्रमणको निशाना बनेको बताइएको छ।

यसअघि पाकिस्तानले भारतसँगको चर्किदो तनावका कारण आफ्नो हवाई आकाश बन्द गर्ने निर्णय गरिसकेको थियो। उता भारतको नयाँ दिल्ली विमानस्थलले हवाई सुरक्षामा परिवर्तन र सम्भावित ढिलाइका लागि यात्रुहरूलाई समयमै आउन र सहकार्य गर्न अनुरोध गरेको छ।

बुनयान मर्सूस अरबी शब्द हो । ‘बुनयान मर्सूस’ भन्ने सांकेतिक शब्द (कोड) नाम इस्लामको पवित्र ग्रन्थ कुरान बाट लिइएको हो, जसको अर्थ “सिसाको जस्तो मजबुत संरचना”भन्ने हुन्छ। यो पद इस्लामको मार्गमा लड्नेहरूको एकता र दृढताका रूपमा उल्लेख गरिएको छ।

पाकिस्तानी सञ्चारमाध्यम सामा दूरदर्शनले सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतले योजना बनाएको पत्रकार सम्मेलन आक्रमणका कारण स्थगित गरिएको जनाएको छ। समाचार अनुसार पाकिस्तानले कम्तीमा तीनवटा “फताह-२ क्षेप्यास्त्र मिसाइल प्रहार गरेको दाबी गरिएको छ, यद्यपि यी विवरणहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।

यो घटनाक्रमले दक्षिण एशियामा द्वन्द्वको खतरा अझै बढाएको छ।

(स्रोत: आइएसपिआर,समा टिभी र अल जजीरा)

प्रतिक्रिया