भारतले बिहीबार बिहान पाकिस्तानले रातभरि उत्तर र पश्चिम भारतका विभिन्न सैन्य ठाँउहरूमा प्रहार गरेको “मानव रहित यान (ड्रोन )र क्षेप्यास्त्र (मिसाइलह)रू” रोक्न सफल दाबी गरको छ ।
भारतले यस आक्रमणलाई “दुई देशबीचको द्वन्द्वलाई चर्काउने प्रयास” भएको भन्दै तीव्र प्रतिक्रिया जनाएको छ।
भारतीय रक्षा मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, “भारतीय सशस्त्र बलहरूले आज बिहान पाकिस्तानका विभिन्न स्थानमा रहेका हवाई रक्षा रडार तथा प्रणालीहरूलाई लक्षित गरे।” लाहोरस्थित पाकिस्तानीहवाई रक्षा प्रणाली पद्धति (एयर डिफेन्स सिस्टम )पूर्ण रूपमा नष्ट गरिएको दाबी गरिएको छ।
भारतले मंगलबार र बुधबार पनि पाकिस्तानमा हवाई आक्रमण गरिसकेको थियो, जुन दुई हप्ता अगाडि भएको “पहलगाम आक्रमण” को प्रतिक्रिया स्वरूप भएको बताइएको छ। उक्त आक्रमणमा २६ जना मारिएका थिए । भारतले यसको दोष पाकिस्तानमा रहेको आतङ्ककारीहरूमाथि लगाएको थियो। पाकिस्तानले सो आरोप अस्वीकार गरेको छ।
भारतीय रक्षा मन्त्रालयका अनुसार, हालसम्म भारतमा कम्तीमा १६ जनाको ज्यान गइसकेको छ। घटनाक्रमबीच प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार सुरक्षा सचिवहरूको उच्चस्तरीय बैठक डाकेर “राष्ट्रिय तयारी” को समिक्षा गरेका छन्।
त्यस्तै, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आफ्नो सेनाको पछिल्ला कारबाहीको प्रशंसा गर्दै भने, “पाकिस्तानले फेरि एकपटक शत्रूमाथि आफ्नो श्रेष्ठता प्रमाणित गर्यो।” । उनले तीनवटै सेनाका प्रमुख र सबै सैनिकप्रति सलाम अर्पण गर्दै भने, “२४ करोड पाकिस्तानी जनतालाई आफ्ना सैनिकहरूमाथि गर्व छ।”
तनाव अझै चुलिँदै गएको यो अवस्थाले दक्षिण एशियामा ठूला सामरिक जोखिमहरू निम्त्याउने संकेत देखिएको छ।
प्रतिक्रिया