ह्वाइट हाउसले आप्रवासीहरूको एक समूहलाई अमेरिकी सैनिक बिमान (युएस मिलिटरी विमान)मार्फत लिबियामा पठाउने सम्भावनाबारे यसै साता छलफल गरेको यस मामिलासँग परिचित अमेरिकी अधिकारीहरूले एबिसीन्यूजलाई जानकारी दिएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई के अमेरिका आप्रवासीहरूलाई लिबियातर्फ पठाउने छ भन्ने उनलाई सोधिएको प्रश्नको जवाफमा उनले भने, “म जान्दिन, तपाईहरूले होमल्याण्ड सेक्युरिटी(अमेरिकी गृह बिभाग)सँग सोध्नुपर्छ।”
गृह सुरक्षा विभागकी सचिव क्रिस्टी नोएमलाई आज बिहानै ट्रम्पको टिप्पणी अघि के लिबियातर्फ निर्वासनको योजना छ भनि सोधिएको थियो ? उनले छोटो उत्तर दिँदै भनिन्, “म केही पुष्टि गर्न सक्दिनँ।”
यसैबीच, तेस्रो मुलुकमा निर्वासनसम्बन्धी मुद्दामा आप्रवासीहरूको प्रतिनिधित्व गरिरहेका वकिलहरूले अमेरिकी संघिय अदालत, बोस्टनमा आपतकालीन प्रतिबन्ध आदेश माग गर्दै उजुरी दायर गरेका छन्। उनीहरूले लिबियातर्फ संभावित निर्वासनको विरुद्ध कानुनी कारबाही अघि बढाएका हुन्।
पेन्टागन (रक्षा बिभाग) ले यस योजनासम्बन्धी सबै प्रश्नहरू ह्वाइट हाउसतर्फ पठाएको बताएको छ। यसैबीच लिबियाको राष्ट्रिय एकता सरकारले यसबारे आफूले कुनै सहमति दिएको छैन भनेर स्पष्ट पारीदिएको छ।
एक आधिकारिक वक्तव्यमा भनिएको छ: “सरकारले आफ्नो जानकारी वा सहमति विना लिबियाली भूमिलाई आप्रवासीहरूलाई निर्वासित गर्ने गन्तव्यका रूपमा प्रयोग गरिनु अस्वीकार गर्दछ।”
प्रतिक्रिया