सान डिएगो नजिकै डुंगा दुर्घटना – ३ जनाको मृत्यु, ९ बेपत्ता, ४ जनाको उद्धार

इनेप्लिज २०८२ वैशाख २२ गते २३:५६ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नजिकको डेल मार समुद्री किनारमा सोमबार बिहान एउटा डुंगा तटीय क्षेत्रमा पल्टिएको अवस्थामा भेटिएको छ ।

अमेरिकी तट रक्षक र एन्सिनिटास दमकल विभागका अनुसार उक्त डुंगाबाट तीन जनाको शव र चार जना गम्भीर घाइते अवस्थाको जीवित उद्धार गरिएको छ। अझै ९ जना बेपत्ता छन् भने उनीहरूको खोजी कार्य जारी छ।

उक्त डुंगा सानो तीव्रगामी डुंगा थियो जुन पल्टिएर समुद्र किनारमा आएको बताइएको छ। यो घटना डेल मारभन्ने स्थानमा भएको हो, जुन सान डिएगोबाट करिब २० माइल उत्तरमा पर्छ।

एन्सिनिटासका उप अग्नि नियन्त्रण प्रमुख जोर्ज सान्चेजले यसलाई ठूलो मानवीय क्षतिको घटना भनेका छन्। “हामीसँग हवाई, जल र स्थल स्रोतहरू परिचालनमा छन्। जीवन रक्षकहरू डुंगाहरु मार्फत पानीमा खटिएका छन् भने अन्य कर्मचारी समुद्री किनारमा खोजी गरिरहेका छन्,” उनले भने।

मृतक तीनै जना पुरुष भएको पुष्टि भएको छ, तर उमेर र नाम खुलाइएको छैन। उद्धार गरिएका चारमध्ये तीन महिला र एक पुरुष छन्। उनीहरूलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएकोले अस्पतालमा भर्ना गरिएको छ।

घाइतेहरूमध्ये तीनजना ३० बर्ष उमेरका छन् भने एक जना किशोर उमेरको छन्। स्थानीय निकायहरूको सहकार्यमा हराइरहेका ९ जनाको खोजी कार्य तीव्र रूपमा चलिरहेको छ।

प्रतिक्रिया