बेलायती आतंकविरोधी प्रहरीले शनिबार बेलायतका विभिन्न स्थानहरूबाट सात जना इरानी नागरिकहरूलाई पक्राउ गरेको छ। लन्डनको महानगर प्रहरीले जानकारी दिँदै चार जनालाई एक लक्षित आक्रमणको योजनामा संलग्न भएको आशंकामा र अन्य तीन जनालाई राष्ट्रिय सुरक्षासम्बन्धी खतरामा संलग्न भएको आरोपमा पक्राउ गरिएको बताएको छ।
बेलायती सरकारले यसलाई “वर्षौंदेखिको सबैभन्दा ठूलो राज्यविरोधी र आतंकविरोधी कारबाही” भनेको छ।
२९ देखि ४६ वर्षका बीचका पाँच जना पुरुषलाई आतंकवाद ऐनअन्तर्गत “आतंककारी कार्यको तयारी” को आरोपमा पक्राउ गरिएको हो। तीमध्ये चार जना इरानी नागरिक हुन् भने पाँचौंको राष्ट्रियता पुष्टि हुन बाँकी छ।
पक्राउ परेका सबै व्यक्तिहरूलाई विभिन्न प्रहरी चौकीहरूमा राखेर सोधपुछ भइरहेको छ तर सोमबार बिहानसम्म कसैलाई मुद्दा लगाइएको छैन। लन्डन, म्यानचेस्टर, र स्विन्डनमा प्रहरी अनुसन्धान र घरहरूमा खोजतलासी भइरहेको छ।
सिबिएसन्यूजका अनुसार ग्रेटर म्यानचेस्टरको रोचडेलमा एक व्यक्तिलाई पक्राउ गर्दा भारी सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार प्रहरीले ती व्यक्तिलाई तानेर झाडीमा फ्यालेर हतकडी लगाएका थिए।
प्रतिक्रिया