अवैध एमएस-१३ गिरोहको अमेरिकी झ्यालखानामा आक्रमण: अमेरिकी कारागारमा रक्तपात, तीन सुरक्षाकर्मी घाइते

इनेप्लिज २०८२ वैशाख २० गते ९:३४ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको को एक उच्च-सुरक्षा झ्यालखानामा एमएस-१३ गिरोहका सदस्यहरूको हिंसात्मक आक्रमणमा तीन सुधार अधिकारी गम्भीर रूपमा घाइते भएका छन्।

वाइज काउण्टी स्थित वालन्स रिज राज्य कारागारमा गत शुक्रबार बिहान ९:४५ बजे भएको यस आक्रमणमा कूल ६ कैदी संलग्न थिए। तिनीहरूमध्ये पाँच जना एमएस-१३ गिरोहका अवैध आप्रवासी सदस्यहरू थिए । जो एल साल्भाडोरबाट आएका र अमेरिका गैरकानुनी रूपमा प्रवेश गरेका थिए।

ती सबैले हत्या, बलात्कार लगायतका गम्भीर आपराधिक अपराधमा सजाय पाइरहेका थिए। छैटौँ कैदी अमेरिकी नागरिक थिए भने उनि सुरेञो १३ गिरोहसँग आबद्ध थिए।

भर्जिनिया सुधार विभागका निर्देशक चाड डटसनले भने, “यी पाँच आपराधिक अवैध आप्रवासीहरू कहिल्यै अमेरिकामा हुनु हुँदैनथ्यो। हाम्रा अधिकारीहरू हरेक दिन ८.८ मिलियन नागरिकको सुरक्षाको लागि ज्यानको जोखिमा काम गर्छन्।”

घटनामा पाँच सुरक्षाकर्मी घाइते भएका थिए । घाइते मध्ये तीन जनालाई अस्पतालबाट रिहा गरिएको छ भने दुई जनाको अवस्था स्थिर रहेको जनाइएको छ।

एमएस-१३ गिरोह १९८० को दशकमा क्यालिफोर्नियाको लस एञ्जलसबाट सुरु भएको हो हाल मध्य अमेरिका तथा अमेरिका भर विस्तार भइसकेको छ। यो समूह हत्या, मानव तस्करी, लागूपदार्थ कारोबार र फिरौती मागजस्ता गम्भीर आपराधिक गतिविधिमा संलग्न छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यस्ता गिरोहहरूलाई नष्ट गर्न कडा आप्रवासन नीति अपनाएको छ। हजारौं गिरोह सदस्यहरू पक्राउ र देश निकाला गरिएको सरकारी प्रतिवेदनमा उल्लेख छ। कारागार प्रणालीभित्र यस्ता गिरोहको प्रभाव बढ्दै जानु सार्वजनिक सुरक्षाका लागि गम्भीर चिन्ताको विषय बनेको छ।

प्रतिक्रिया