लुजियाना न्यू अर्लिन्स कारागारबाट ११ खतरनाक कैदी फरार, शहरमा आपतकालीन खोजी सुरु

इनेप्लिज २०८२ जेठ ३ गते १८:३९ मा प्रकाशित

अमेरिकाको लुजियाना राज्यको न्यू अर्लिन्सको कारागारबाट शुक्रबार बिहान ११ जना कैदीहरू फरार भएका छन्। 

सबैलाई “हथियारधारी र खतरनाक” मानिएको छ ओरलिन्स पेरिस शेरिफ कार्यालयले जनाएको छ। 

बिहान ८:३० बजे नियमित गन्तीका क्रममा उनीहरू जेलबाट हराएको पुष्टि गरिएको हो, तर उनीहरू मध्यरातपछि नै फरार भएको अनुमान गरिएको छ।

न्यू अर्लिन्स प्रहरी प्रमुख एनी किर्कप्याट्रिकका अनुसार फरारमध्ये एक जनालाई पहिचान प्रविधिको सहयोगले पक्राउ गरिएको छ। 

केन्डल माइल्स नामक कैदीलाई शहरको निगरानी चित्रग्राहिणी( क्यामरा)ले पत्ता लगाएको थियो, र उनी पैदल भाग्ने प्रयास गर्दा उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।

बाकी कैदीहरू अझै न्यू अर्लिन्स क्षेत्रमै लुकेर बसेको अनुमान गरिएको छ। जेललाई अहिले पूर्ण बन्दावन्दीमा राखिएको छ।

प्रतिक्रिया